राष्ट्रपतिको भारत भ्रमणको गलत अर्थ लगाइँदै

६ पुष २०६९, शुक्रबार १०:१७ मा प्रकाशित

काठमाडौं, ६ पुस । आआफ्ना अडानका कारण महिना दिनसम्म सहमतिमा पुग्न नसकेका प्रमुख राजनीतिक दलका नेताहरुका कारण राष्ट्रपतिको भारत भ्रमण नै धरापमा पर्न लागेको छ । राजनीतिक समस्या समाधान नभएसम्म विदेश भ्रमणमा ननिस्कन राष्ट्रपतिलाई नेताहरुले आग्रह गरेबाट यस्तै अनुभूति गरिएको हो । राष्ट्रपति आगामी आइतबार पाँचदिवसीय भारत भ्रमणमा निस्कँदैछन् । राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म भ्रमणमा ननिस्कन आग्रह गर्ने नेताहरु सहमतिमा पुग्ने सम्भावना भने अझै पनि देखिएको छैन ।
राष्ट्रपति यादवलाई बनारस हिन्दू विश्वविद्यालयले ुडक्टर अफ लेटर्सुको उपाधि दिँदैछ । उक्त विश्वविद्यालयको १ सय ५०औं माल्भिया जयन्तीको समापनमा प्रदान गरिने उपाधि ग्रहण गर्न बाणरसी जान लागेका राष्ट्रपति यादवलाई भारतबाट राजनीतिक सल्लाह लिन जान लागेको अर्थमा कतिपय नेताहरुले बुझेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

आजको प्रमुख समाचार