पत्रकारले पत्रकारकै उछित्तो काडेपछि…

६ पुष २०६९, शुक्रबार ०७:४८ मा प्रकाशित

काठमाडौं, ६ पुस । आफुलाई हिमालय टेलिभिजनको ब्यूरो इन्चार्ज तथा एभिन्यूज टेलिभिजनको प्रोडक्सन म्यानेजरको रुपमा चिनाउन चाहने शम्भु पोखरेल नामका ब्यक्तिले नेपाल पत्रकार महासंघ तथा महासंघ कतार शाखाको गरिमामाथि आँच पुर्याउने व्यवहार गर्दै हिँडेको र सामाजिक संन्जाल फेसबुक मार्फत अमर्यादित तथा अश्लिल शब्द अभिब्यक्त गरेको भन्दै नेपाल पत्रकार महासंघ कतार शाखाले विरोध वक्तव्य प्रकाशित गरेको छ ।
महासंघ कतार शाखाका सचिव दिपक पुडासैनी द्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार पत्रकारको विल्ला भिरेर गरिमामय पेशालाई नै बदनामी गर्दै पोखरेलले कतारमा कार्यरत नेपाली श्रमिकको पिडा रिपोर्टिड गर्ने नाममा केही ब्यबसायी भेला गरेका उक्त भेलामै नेपाल पत्रकार महासंघ कतारका पदाधिकारीहरुविरुद्ध जथाभावी अभिव्यक्ति दिएका थिए । त्यहाँका अध्यक्ष रबि रोषीदेखि महासंघका अध्यक्ष शिव गाउँलेसमेतको नाम जोडेर शम्भसले उनीहरु हैसियत नभएका पत्रकार भन्दै अमर्यादित शब्दका साथ उछित्तो काडेका थिए । उनले नेपाल पत्रकार महासंघ कतार शाखाका पदाधिकारी कतारमा अबैध मदिराको चोरी ब्यापार गरेर बसेको आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ कतार शाखाको गत बुधबार बसेको बैठकले पत्रकारको नाममा ठग र कमाउ सिद्धान्त बोकेर कतार आएका भन्दै शम्भु पोखरेललाई उनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । एउटा पत्रकारले पत्रकारकै साझा र्संस्थाको बदनाम गरेकोप्रति बैठकले खेद प्रस्ताब पनि पारित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा