प्रसाईले किन गरे सरस्वतीको हत्या ?

६ पुष २०६९, शुक्रबार ०६:५४ मा प्रकाशित

काठमाडौं ६ पुस । धादिङ थाँक्रे–८ की सरस्वती सुवेदीको हत्याको निष्पक्ष छानविन र हत्याका आरोपीलाई तत्काल कारवाही नगरे उनका आफन्तले अनिश्चितकालीन धादिङ बन्द गर्ने चेतावनी दिएका छन् ।
मृतकका परिवारले हत्या भएको सम्बन्धमा महानगरीय प्रहरी परिसर हनुमानढोकामा जाहेरी दिँदा पनि हालसम्म हत्याका मुख्य आरोपी कृष्ण प्रसाईसहित उनका परिवारलाई प्रशासनले सोधपुछ समेत नगरेको भन्दै आज शुक्रबार बेलुकासम्म हत्यारालाई कारवाही नगरे अनिश्चितकालीन धादिङ बन्द लगायतका आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
अनामनगर निवासी कृष्ण प्रसाईको घरमा विगत ६ वर्षदेखि घरायसी काम गर्दै आएकी सुवेदीको संकास्पद तरिकाले मृत्यु भएको र मृतकको लास परिवारलाई जानकारी नदिई पोष्टमार्टम गर्न टिचिङ अस्पताल पुरयाउनु गम्भीर षडयन्त्र भएको भन्दै कृष्ण प्रसाई र उनकी श्रीमती सावित्री प्रसाईलाई तत्काल कारवाहीको माग गरेका हुन् ।
मृतकका परिवारले संकास्पद ढंगले लास टिचिङ पु¥याई धम्कीपूर्ण भाषामा हत्याको घटनालाई पुलिस प्रशासनलाई हातमा दवाउन खोजेको आरोप लगाउँदै आफूहरुले हनुमानढोकामा जाहेरी दिँदा पनि हत्यारालाई पक्राउ गर्न अस्वीकार गरेको आरोप लगाए । मृतककी आमा उमा अधिकारीले आफ्नी छोरीको सुनियोजित हत्या भएकोले सरकारले तत्काल हत्यारा कृष्ण प्रसाई र उनीकी श्रीमतीलाई कारवाही गर्नुपर्ने माग गरिन् । ससुरा शिव सुवेदीले आफ्नी बुहारीले हत्यारालाई तत्काल समातेर कानुनको कठघरामा उभ्याउन माग गरे ।
पीडित परिवारले हत्यारालाई कडाभन्दा कडा कारवाही हुनुपर्ने, महिला हत्या, हिंसा बन्द गर्नुपर्ने, अपराधिलाई संरक्षण गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्ने घटनाको न्यायिक छानविन हुनुपर्ने, मृतक सुवेदीले मृत्यु हुनुभन्दा अगाडि राख्न घर धनीलाई राख्न दिएको नगद, सुन तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन् । पीडितहरुले मृतक सुवेदी र प्रसाईको विचमा सम्बन्ध रहेको र त्यो सम्बन्धलाई तुहाउन सुवेदीको प्रसाईकी श्रीमतीले हत्या गरेको आशंका समेत गरेका छन् ।
उनीहरुले बाथरुमको झुण्डिनै नसक्ने सावरमा पासो लगाएको दावी गरेको , परिवारलाई थाहै नदिई पोष्टमार्टमकालागी अस्पताल लगेको, पासो समेत खोलिएको अवस्थामा रहेको र बाथरुमको फुटाईएको भनिएको ढोका समेत फुटाईएको अवस्थामा नदेखिएकोले सुवेदीको मृत्यू आत्महत्या नभई हत्या भएको प्रष्ट भएको दावी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार