पार्टीले फिर्ता नबोलाउने बाबुरामको दाबी

५ पुष २०६९, बिहीबार १६:३१ मा प्रकाशित

काठमाडौं, ५ पुस । प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई पार्टीले फिर्ता नबोलाउने दावी गरेका छन् । आज बालुवाटारमा पार्टी निकट पत्रकारहरुसंग बोल्दै भट्टराईले भने, ‘अहिले मलाई पार्टीले बोलाएर आफ्नो खुट्टामा आफैले बन्चरो हान्दैन ।’ उनले थपे, ‘पार्टीले आलोकाँचो निर्णय कहिल्यौ गर्दैन ।’
एमाओवादी उपाध्यक्षसमेत रहेका भट्टराईलाई फिर्ता बोलाउनेबारे पार्टीभित्र बहस भइरहेकाबेला यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीले बाहिर चर्चामा आएजस्तो आफू र अध्यक्ष पुष्पकमल दाहालबीच कुनै मतभेद नभएको दाबी गरे ।
आफू शीर्ष नेताहरुबीच भएका एउटा बाहेक सवै वार्तामा उपस्थित रहेको स्मरण गर्दै प्रधानमन्त्रीले ठोस सहमति नभएको दाबी गरे । सहमति भएको भन्ने चर्चा गलत रहेको जानकारी गराउँदै उनले भने, ‘सहमति अझै हुन सकेको छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल