अब राष्ट्रपतिले म्याद थप्नु हुँदैनः डा महत

५ पुष २०६९, बिहीबार १६:१७ मा प्रकाशित

काठमाडौ, ५ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले राष्ट्रपतिले सहमतिको नाममा अब फेरि म्याद थप्न नहुनमा जोड दिएका छन् । उनले आज राजधानीमा गरेको एका कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने, ‘अहिले सम्म म्याद थपेर वार्ताको नाममा नाटक मात्रै भइरहेको छ ।’
राष्ट्रपतिले संविधानको धारा ३८ को १ बमोजिम चालेको कदम नै असम्बैधानिक भएकोले अब राष्ट्रपतिले विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेर जसको पक्षमा बहुमत सदस्य देखिन्छ उसैलाई प्रधानमन्त्री घोषणा गर्नु पर्ने तर्क गरे । उनले भने–अहिलेको परिस्थिति संविधान बाहिर छ । संविधानको धाराले काम गरेको छैन । त्यसैले राष्ट्रपतिले संविधानको धारा ३८ को दुईको मर्म पकडेर निर्णय गर्नु पर्छ ।
डा महतले एमाओवादी र मधेसी मोर्चा निर्वाचनमा जानबाट डराएकोले रोक्न उद्यत रहेको दावी गर्दै उनीहरु अझै एक दुई साता वार्तालाई लम्ब्याए बैशाखमा निर्वाचन हुन नसक्ने निश्चित बनाउने चालवाजीमा रहेको आरोप लगाए ।
दलहरुवीच काग्रेसको सभापतिको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने र मन्त्रालय भागबण्डामा समेत कुराकानी भईसकेको अवस्थामामा एकाएक अर्को कुरा आउनुले माओवादी पिँध विनाको लोटा जस्तो  बोलीको ठेगान नभएको पार्टी भएको दावी गर्दै डा महतले भने–माओवादी हजार जिब्रो भएको शेष नागले समेत ब्याख्या गर्न नसक्ने पार्टी भयो । प्रधानमन्त्री, प्रचण्ड, प्रवक्ता र अन्य नेता कसको कुरामा विश्वास गर्ने विरोधाभासको पोको भयो माओवादी ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेका छन् । टेप्लिजलाई

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

आजको प्रमुख समाचार