आख्यान – कुमार नगरकोटी

१२ चैत्र २०६८, आईतवार २२:०४ मा प्रकाशित

भुस्याहा आत्माहरूको कँही कतै कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो ।

११ : ४५ बजेको थियो शयन कक्षको भित्ते घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग, भङ्ग  र भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड पलङमा तपाईंले आफूलाई नितान्त एक्लो फेला पार्नुभयो ।

लिट्ररी स्पिकिङ :

-यु वर हाफ-डेड्-इन योर ब्लडी बेड् ।

कुन्नि के कस्ता भविता – वस्तुता सोचेर तपाईं जर्‍याकजुरुक उठ्नु भएको थियो । सोफामा मस्तसित आराम गरिरहेकी एक टुक्रा जिप्सी-रातलाई महसुस गर्नुभयो ।

घना जङ्गलबीच अवस्थित तपाईंको एकान्तिक कटेज वास्तवमा विशाल सामुदि्रक मौनतामा डुबेको थियो । उदाङ्गो कोठामा तपाईं ‘टपलेस’ ओहोरदोहोर गर्नु भयो । उफ ऽऽऽ ‘टपलेस’ अर्थात् एक आदिम नग्नता……

डे्रसिङ-टेवलको त्रिकोणात्मक ऐना अगाडि उभिँदै आफ्नो देहलाई कालो ‘नाइट-गाउन’ले गर्लम्म ढाक्नु भयो । छोपिदिनु भयो आफूलाई तपाईंले कालो आवरणभित्र । असलमा तपाइर्ं एक कुशल चित्रकार हुनुहुन्थ्यो । अस्तित्वको चित्रकारिता तपाईंले बडो भव्यरूपले गर्नुभएको थियो । विभिन्न एक्रेलिक रङ्गहरू मार्फत् तपाईंले जन्म एवं मृत्युको डिजाइन गर्नुभएकै हो ।

स्टुडियो तपाईंको प्राइभेट आत्माझैं सुनसान थियो । केही चारकोल चित्रहरू अधुरै छाडिएका थिए । यही जीवनकालमा तपाईंले एउटा ‘मास्टरपिस’ कृति कोर्नु थियो तर यस कामका निम्ति आफू अझै किन तयार भइँन भनी केही क्षण दुःखी हुनुभयो ।

मलाई जानकारी भएअनुसार केही समययता तपाइर्ं आफ्नो ‘सेल्फ पोर्टे्रट’ बनाउने योजनामा हुनुहुन्थ्यो । त्यसका निम्ति तपाईंले आफ्नो अनुहारको गम्भीर अध्ययन/अवलोकन गर्नुभएको थियो । ऐनासामु तपाइर्ं घण्टौं आफ्नो रङ खुइलिइँदै गएको अनुहारलाई हेर्नुहुन्थ्यो । बाल्यकालदेखि चिन्दै आएको आफ्नो प्राइभेट अनुहार समय सन्दर्भमा कसरी परिवर्तन हुँदै जाँदो रहेछ भनी एक्लै मुस्कुराउनुहुन्थ्यो ।

ड्रेसिङ-टेबलको एउटा कुनामा एउटा अनाथ सिग्रेट लम्पसार ढलेको थियो । हेर्नुभयो त्यसलाई । धुमपानको सौखिन नभए पनि कहिलेकाही तपाईंलाई सिग्रेट सल्काउनुमा आनन्द आउँथ्यो । धूवाँले बन्ने अमूर्त चित्रहरू तपाईंको अनुहार वरपर/क्यानभास वरपर कुनै काल्पनिक चराझैँ घुमी हिँड्दा/उडी हिँड्दा तपाईंको चित्रात्मक चित्तमा एक प्रकारको कलात्मक भावबोधको जन्म हुन्थ्यो ।

पछिल्लो पटक तपाइर्ंको कटेजमा जाँदा त्यो सिग्रेटलाई मैले त्यहाँ त्यो डे्रसिङ-टेबलमा छोडेर आएको थिएँ ।

सिग्रेटलाई दुई औँलाबीच च्याप्नु भयो । माथि ओँठमा च्याप्नु भयो । धूवाँको निकोटिन-वास्ना धूवाँ अनि अमूर्त रेखाचित्रको मोहले तपाईंलाई खिच्यो । ओँठबीच झुण्डिएर मर्छु भन्ने सिग्रेटलाई अब दागबत्ती केले दिने Û केले सल्काउने Û सलाई कहाँ छ ? लाइटर कहाँ छ ? अग्नि कहाँ छ ?

यो मूर्दालाई सल्काउने अग्नि कहाँ छ ? -गाली गर्दै पि|mज खोल्नु भयो । त्यहाँ त बरफ थियो )

घरभरि सलाई या लाइटर नभेटिँदा तपाईंलाई अफसोस लाग्यो । घरमा अग्नि नहुनु एउटा दुःखद सूचना थियो । आगो घर बाहिर पो थियो कि Û

बाहिर बगैंचामा देखा पर्नुभयो । घाँसमा फैलिएका शीतका थोपाहरू क्रमशः तुषारो हुने तरखरमा थिए । गुलाफ-झाडीमा केही झुसिलकीरा निदाएका थिए र सपनामा सम्भवतः ती सबै पुतली बन्दै थिए ।

तबेलामा दुई अश्वैत घोडाहरू शान्त थिए । आफ्नो मालिक आयो भनी ती जन्तुले तपाईंलाई करुणापूर्ण हेरे । तपाईले भन्नुभयो ः

-ओइ Û तिमीहरूसित सलाई छ ?

घोडा मौन रहे-

बगैँचाको गेटमा ठिङ्ग उभिनु भयो । सिग्रेट तपाईंको ओँठमा झुण्डिएकै थियो । बाटोमा कुनै प्रमिथिएस भेटिएला Û आ ऽऽऽ उसैसित सलाई मागी यसलाई सल्काउन पर्ला Û यस्तै केही सोच्नु भयो शायद ।

निर्जन रात । सुनसान गोरेटो । कोही त अवश्य भेटिएला Û चन्द्रमाको मद्यमि प्रकाशले तपाईंलाई बाटो देखाउन राजी भए । जङ्गली-पथ वरपर उभिएका अज्ञात वृक्षका हाँगाहरूमा यो रातले अझैँ झुण्डिएर आत्महत्या गरिसकेको थिएन ।

अघि बढ्नुभयो चुपचाप/निःशब्द ।

कोही आउँदा भएनन् । कोही किन भेट्न आउँदैनन् तपाईंलाई Û आफ्ना हितैषी/शुभचिन्तक/आफन्तजन/मित्रजन कोही नभएकोमा तपाईंलाई किन कहिल्यै अफसोस लागेन ?

कुनै ‘सोम्नाबुलिस्ट’ झैं तपाईं

हिँडिरहनुभएको थियो ओंठमा सिग्रेट च्यापी । करिब १३ मिनेट हिँडेपछि तपाईँ त्यहाँ आइपुग्नुभयो -जहाँ कोही तपाईंलाई प्रतीक्षा गरिरहेकी थिई ।

वास्तवमा त्यो स्त्री को थिई ? मैले कहिल्यै बुझ्न/चिन्न सकिँन । यो निर्जन जङ्गलमा ऊ युगौँदेखि सलाई बेचेर बसेकी थिई । ऊ कहाँबाट आएकी थिई ? कसरी त्यहाँ आइपुगेकी थिई ? मलाई कहिल्यै थाहा भएन ।

बाटो छेवैमा त्यो सलाई-घर अवस्थित थियो । सलाइ-घर किन भनिएको हो भने त्यो काठैकाठले बनेको पसल सलाइको बट्टाकारमा थियो । त्यहाँ यावत आकार-शैलीका सलाइका बट्टाहरू कलात्मक रूप-शैलीमा सजाएर राखिएका हुन्थे । त्यहाँ सलाइबाहेक अरू केही पाइन्थ्यो भनी मैले कहिल्यै कल्पना गर्न सकिँन ।

सलाइ बेच्ने त्यो स्त्री स्वयम् चाहिँ सलाइको काँटीझैं थिई ।

यो घुम्ती-पसलमा आएर तपाईंका पाइलाहरू ‘पि|mज’ भए । पसलमा एउटा सलाइ शैलीको कागजको लालटिन झुण्डिएको थियो । काठको मेचमा बसेकी स्त्रीले तपाईंलाई आश्चर्य मिश्रति नजरले हेरी । भुइँमा सलाइका निर्वस्त्र काँटीहरू यत्रतत्र छरिएका थिए ।

तपाईंलाई प्रमिथियस त भेटिएन/भेटिएन बरु ऽऽऽ प्रमिथिएसकी अवैध प्रेयसी भेटिएझैं लाग्यो शायद Û तपाईंलाई अलमलिएर उभिएको देखेर स्त्रीले भनी ः

-अग्निको खोजमा निस्कनुभा झैं छ । कि कसो ?

हाँस्दै तपाईंले आफू सलाइको खोजमा निस्केको सूचना उसलाई दिनुभयो । हाँसी ऊ पनि । तपाईंको ओँठमा झुण्डिएको सिग्रेट हेर्दै उसले भनी ः

-चिन्ता नलिनुस् क्या Û आउनुस् ऽऽऽ म अब तपाईंलाई विस्तारै ऽऽऽ विस्तारै सल्काइदिन्छु ।

तर तपाई चिताझैं सल्किएर खरानी बन्ने मुडमा अवश्य हुनुहुन्थेन । यद्यपि भन्नुभयो ः

-म त केवल यो सिग्रेट सल्काउन आफ्नो घरबाट हिँडेको । यस्तो रहस्यमय रातमा ? -उसले भनी) यो रातमा त्यस्तो के रहस्य छ र ? वास्तवमा केही रहस्य नहुनु पनि एक रहस्य हो । तपाईंको ओँठमा झुण्डिएको सिग्रेट तपाईंको आफ्नो होइन । कसले दियो तपाइर्ंलाई त्यो चुरुट ? -उसले सोधी) कुमार नगरकोटीले मेरो ड्रेसिङ-टेबलमा बिर्सेर गएको रै’छ । बिर्सेको होइन । उसले त्यसलाई त्यहाँ जानी जानी छाडेर गएको थियो । किन ?

किनभने ऊ चाहन्थ्यो यसरी मध्यरातमा तपाईं र मेरो भेट होस् । यो त बडो रहस्यमय कुरा भैगयो । त्यही त भन्या Û भैगो ऽऽऽ छाड्नुस् यी कुरा । बरु बताउनुस् कुमार नगरकोटीलाई पछिल्लो पटक कहाँ/कहिले भेट्नु भा’थ्यो तपाइर्ंले ? गत साता ऊ मेरो कटेजमा आ’थ्यो मेरो ‘सेल्फ-पोर्टे्रट’ अवलोकन गर्न । भन्थ्यो ः ”ग्लोबल वार्मिङ विषयमा एउटा कथा लेख्ने मुडमा छु । तिमीले मलाई सहयोग गर्नु पर्ला झैं छ ।”

मेरोबारे जुन सूचना तपाईंले स्त्रीलाई दिनुभयो, त्यो सही नै थियो । ग्लोबल वार्मिङ विषयमा एउटा आख्यान लेख्ने मेरो मुड यद्यपि छँदैछ । त्यसलाई अहिले थाती राखौं । यो त तपाइर्ंको आफ्नै कथा हो । तपाईंको कथा मैले नलेखे अरु कसले लेखिदेला ?

तपाईं अघिकै ठाउँमा उभिइरहनुभा’थ्यो । स्त्री आफ्नो कुर्सीबाट बडो जतनका साथ/ तनमयका साथ उठी । तख्ताबाट एउटा आकर्षक सलाइको बट्टा निकाली र तपाईंसमक्ष ठिङ्ग उभिन आइपुगी ।

स्त्रीका सामु आज्ञाकारी बालकझैं तपाइर्ं यन्त्रवत् हुनुभयो । स्त्रीले बट्टाबाट एउटा सलाइको काँटी निकाली । तपाईंका काँतर आँखामा आफ्ना आँखा जुझाउँदै उसले भनी ः

-खै, त्यो ओंठ यता ल्याउनुस् । म सिग्रेट सल्काइदिन्छु…

त्यसपछि तपाईंले आफ्नो नाइट-गाउन फुकाल्नु भयो । पुनः ‘टपलेस’ अवस्थामा अर्थात् आदिम नग्नतामा विवर्ण हुनुभयो । के सोचेर ल्याउनुभो ‘कुन्नि Û स्त्रीका वस्त्राभूषण पनि एकएक गर्दै खोली दिनुभो’ । स्त्रीले नाईनास्ती केही पनि गरिन । आदम र इभ झैं देखिनुभो तपाईंहरू…

आफ्नो ओँठ यसो झुकाउँदै स्त्रीलाई दिनुभयो तपाईंले । स्त्रीले बडो रहस्यमय शैलीले सलाइ कोरीदिई ।

झ्यार्रऽऽऽ

आगोको झिल्कामा तपाईंको सिग्रेट सल्कियो धूवाँको लामो कस निल्नुभो ।

दुई औँलाबीच जलिरहेको सलाइको काँटीको आगोले स्त्रीका क्रमशः क्लासिक बूढी औंली अनि चोर औंली अनि माझी औंली अनि अनामिका औंली अनि कान्छी औंली जलाउँदै गयो । आगो फैलिँदै, सर्दै गयो, स्त्रीका दायाँ हातका, पाखुराका कोमल त्वचालाई डढेलो लगाउँदै अनुहार/केश/ स्तन/नितम्ब/योनी इत्यादि हुँदै, छुँदै आगो दनदनी बल्दै, जल्दै गयो नग्न देहभरि….

ठिङ्ग उभिई मौन/ सिग्रेट तपाइर्ंले पिउँदै जानुभयो । धूवाँ तपाईंको श्वास नली हुँदै फोक्सोसम्म पुग्यो । त्यो फोक्सो एक डल्लो बरफ बन्यो । एक कङ्क्रिट बफिर्लो फोक्सो Û

धूवाँ तपाइर्ंको देहभित्र फैलियो करोडौँ/अबौर्ँ कोषहरूमा । रक्त बाहिनीमार्फत धूवाँ सम्पूर्ण शरीरभरि सञ्चारित हुँदै गयो । तपाईंका मुटु/कलेजो/मिर्गाैला क्रमशः बरफको ढिक्कामा परिणत भए ।

वस्तुतः तपाईं ठोस बरफमा रूपान्तरित हुनुभयो । मानवाकृत एक आइस-क्युब् । वास्तवमा, डे्रसिङ-टेबलको एक कुनामा तपाईंले फेला पार्नुभएको सिग्रेट बडो अजिव थियो ।

तपाइर्ंको कथा यस्तै अजिवोगरिब थियो । अद्भूत थियो । स्त्री क्रमशः दनदनी/हुर्रहुर्र जलिरहेकी थिई तर त्यो रात तपाईं बरफमा मात्रै सीमित हुने कुरा कदापि थिएन । स्त्री-अग्निको मायावी रापमा/तापमा तपाईं पग्लिनु पर्ने नै थियो । अनि क्रमशः तपाइर्ं मोन्टाज शैलीमा/कोलाज शैलीमा पग्लिन थाल्नु भयो ।

सुरुमा तपाईं नाकबाट पग्लिनु भयो । कान/आँखा/ओंठ विस्तारै बिलाए । अनि बिलाए घाँटी एवं चौडा छाती । एवं रितले चाक/ लिङ्ग/तिघ्रा/पिडौला अनि कुर्कुच्चासमेत पग्लिएपछि तपाईं जलको स-सानु कुण्डमा ‘ट्रान्सक्रियट’ हुनुभयो ।

यस बेलासम्ममा त स्त्री खरानीको थुप्रो बनिसकेकी थिई । कागजको लालटिनले ˆयाँकेको मधिम प्रकाशमा जलकुण्ड र खरानीको थुप्रो देख्न सकिन्थ्यो । अघि केही समयसम्म त्यहाँ पुरुष -आदम) र स्त्री -इभ) थिए भन्ने तथ्य कुनै अप्रकाशित किम्बदन्तीझैं अमूर्त भैसकेको थियो ।

त्यो रात वास्तवमै रहस्यमय थियो ।

-…….खरानीको कुनै अवशेष त्यहाँ छैन । पश्चिमी वायुले त्यसलाई उडाएर लगेको पनि आज त युगौं भैसक्यो । बरफ पग्लिएर बनेको त्यो सानु जलकुण्ड चाहिँ अहिले पनि त्यहाँ छ …..)

त्यो कु्ण्डमा म कहिलेकाहीँ आफ्नो अनुहारको प्रतिविम्ब हेर्न जाने गर्छु ।

(मधुपर्क)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा