पार्टीले जे भन्यो त्यो सबै मान्नुपर्छ भन्ने होइनः मन्त्री रायमाझी

५ पुष २०६९, बिहीबार १६:०८ मा प्रकाशित

काठमाडौ, ५ पुस । एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता समेत रहेका शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले पार्टीले भन्दैमा मान्नु पर्छ भन्ने कुनै बाध्यता नरहेको स्पष्ट पारेका छन् ।
राजधानीमा आज गरेको आयोजना गरेको साक्षात्कामा उनले भने–पार्टीले भनेको कुरा पनि कहिले काही मानिदैन । राष्ट्र, जनता र पार्टीलाई असर पार्ने निर्णय छ भने मान्नै पर्छ भन्ने छैन । मन्त्री रायमाझीले पार्टीले अहिलेसम्म औपचारिक बैठकबाट प्रधानमन्त्रीलाई फिर्ता बोलाउने कुनै निर्णय नगरेको दावी गर्दै बुधवार बसेको भनिएको पार्टीको ब्यूरो सहितको पदाधिकारी बैठक पनि औपचारिक नभएको बताए ।
पार्टीले अहिलेसम्म वर्तमान सरकारलाई नै सहमतिको सरकारमा रुपान्तरण गर्ने बाहेकको कुनै निर्णय नगरेको ठोकुवा गर्दै उनले सञ्चारमाध्यमले गलत प्रचारवाजी गरेको आरोप लगाए ।
निर्वाचनको मिति घोषणा, संबैधानिक बाधा अडकाउको फुकाउ र सबै दल केही समय अहिलेकै सरकारमा सहभागि भएपछि सहमतिको सरकारको लागि सोच्न सकिने भन्दै मन्त्री रायमाझीले  अन्यथा प्रधानमन्त्रीले यथास्थितिमा राजिनामा दिए मुलुक संबैधानिक संकटमा फसेर अराजकता तीर उन्मुख हुने चेतावनी दिए । उनले भने– अहिले प्रधानमन्त्रीले चाहेर पनि राजिनामा दिन सक्नु हुन्न । त्यसो भए मुलुक संबैधानिक संकटमा फस्छ, अराजकता बढ्छ र अहिलेसम्मको उपलब्धि गुम्छ ।
प्रधानमन्त्रीको उमेदवारको रुपमा काग्रेसले अघि सारेका सभापति कोइरालाको ब्यक्तित्वमाथि नै प्रश्न उठाउँदै उनले भने–सुशिल कोइराला कुन महत्वपूर्ण ब्यक्ति हो र ? संघीयताको पक्षधर हो कि, निर्वाचन जितेर आएको ब्यक्ति हो कि के हो र उहाँलाई स्विकार्ने ?
निर्वाचन घोषणा गरेको सरकारले नै निर्वाचन गर्ने संसारको उदाहरण प्रस्तुत गर्दे उनले विपक्षीसँग पनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्विकारेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो