धनकुटा नगरपालिकालाई प्लाष्टिक रहित घोषणा गरिने

५ पुष २०६९, बिहीबार १५:३७ मा प्रकाशित

धनकुटा, ५ पुस । धनकुटा नगरपालिकालाई प्लाष्टिक रहित नगर घोषणा गरिने भएको छ । यसका लागि धनकुटा नगरपालिकाले विशेष कार्य योजना तयार गरेको छ । वातावरण विज्ञ, नगरपालिकाका र नागरिक समाजका प्रतिनिधि मिलेर तयार गरेको कार्ययोजनालाई सुझाव सहित पारित गरिएको छ ।
अब प्लाष्टिक मुक्त नगरपालिका बनाउन विषेश अभियान सञ्चालन गरिने धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख तेजवहादुर थापाले भने । कार्ययोजना अनुसार यो बर्षभरि अभियान सञ्चालन गरी आगामी २०७० बैशाख १ गते धनकुटालाईं प्लाष्टिक रहित नगर घोषणा गर्ने तयारी नगरपालिकाले गरेको कार्यकारी अधिकृत कुमार कोईरालाले जानकारी दिए ।
प्लाष्टिक रहित घोषणा गर्नका लागि स्थानीय सञ्चार माध्यमहरुबाट कार्यक्रम तथा सन्देश प्रशारण गर्ने, पर्चा तथा स्टिकर छपाई गरी वितरण गर्ने, होडिङ बोर्ड निर्माण गरी सार्वजानिक स्थलमा राख्ने, जनचेतनामुलक कार्यक्रम अन्र्तगत हिले र धनकुटामा विभिन्न चरणमा अन्र्तक्रिया, गोष्ठी, सभा, ¥याली, वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

आजको प्रमुख समाचार