लाङटाङ हिमालमा ज्वालामुखी विष्फोटको शंका

५ पुष २०६९, बिहीबार १५:२६ मा प्रकाशित

काठमाडौ,  ५ पुस । रसुवामा पर्ने लाङटाङ हिमालमा ज्वालामुखी विष्फोट भएको शंका गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको लाङटाङ हिमालमा  एक्कासि धुँवा र आगोको मुसलो देखिएपछि घट्नाबारे बुझ्न नेपाली सेनाको टोली तेस तर्फ खटिएको छ ।
निकुञ्जका निमित्त प्रमुख रामदेव चोधरीले बिहान ११ देखि साढे ११ को बीचमा निकुञ्ज भित्रको टिमुरे र ठूलो स्याफ्रुवेसी  क्षेत्रमा आगोको मुसुलो देखिएको बताए । उनले शिकारीहरुले आगो बालेको वा अन्य केही कारण हुनसक्ने बारे बुझ्ने कार्य भइरहेको जानकारी दिए । त्यसक्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पाइने भएकाले चोरी तश्करीका लागि शिकारीहरु पुग्ने गरेका छन् ।
निकुञ्ज सुरक्षामा खटिएका सैनिक स्रोतले पनि ज्वालामुखी नभइ अन्य कारणले आगो देखिएको हुनसक्ने बताएको छ । घट्नास्थल सदरमुकामबाट साढे २ घण्टाको दुरीमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास