नागरिकको कार्यालमा शिव सेनाद्धारा आक्रमण, पत्रकार घाइते

५ पुष २०६९, बिहीबार १४:२८ मा प्रकाशित

काठमाडौ, ५ पुस । नागरिक दैनिकको कार्यालयमा आज आक्रमण भएको छ । राजधानीको सुनधारा स्थित केन्द्रीय कार्यालयमा आफुहरुलाई शिव सेना नेपालका कार्यकर्ता बताउने समुहले आक्रमण गरी सञ्चारकर्मी माथि हातपात गरेका छन् ।
कार्यालयमा प्रवेश गरी उनीहरुले पत्रिकामा जे पायो त्यही छाप्ने भन्दै त्यहा रहेका पत्रकारलाई हातपात गर्नुका साथै तोडफोड गरेका हुन् ।
नागरिकका पत्रकार ऋषीकेश दाहालका अनुसार एक्कासी समाचार कक्षमा प्रवेश गरेका करिव ३० जनाको समुहले सम्पादक खोज्दै गाली गलौज गर्नुका साथै सूचना पार्टी तोडफोड र पत्रिका जलाउन खोजेपछि सोधपुछ गर्न खोज्ने पत्रकारलाई आक्रमण गरेका हुन् ।
सम्पादक किशोर नेपालमाथि हातपात गरेको थियो भने रोक्न खोज्ने पत्रकारहरु सुदर्शन सापकोटा, विश्वमणि सुवेदी, राजेन्द्र ज्ञावलीलाई पनि हातपात गरेका थिए । उनीहरु सामान्य घाइते भएका छन् । भित्र आक्रमण गरिरहेका बेला करिव डेढ सयको हाराहारीमा कार्यालय परिसरमा पनि रहेका दाहालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले