बढ्दैछ बाबुरामबाट प्रचण्डलाई खतरा, बाबुरामको सत्तालिप्सा देखेर प्रचण्ड पनि चकित !

५ पुष २०६९, बिहीबार १४:०६ मा प्रकाशित

काठमाडौं, ५ पुस । पर्टी अध्यक्ष प्रचण्डले आफूलाई सत्ताच्युत गराएर कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन सहमति गरिरहेको भन्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैठक बहिष्कारको रणनीति अपनाएपछि एमाओवादीभित्रको गुटगत विवाद सतहमा देखापरेको छ । आफ्नो पदीय आयु जतिसक्दो बढाउने अभियानमा लिप्त रहेका भट्टराई कोइरालालाई प्रधानमन्त्रीको ओहदा सुम्पने पक्षमा तयार देखिएका छैनन् । उनले यस्तो चरित्र पदर्शन गर्नुमा पदको मोहसँगसँगै दक्षिणी छिमेकको इशाराले पनि काम गरिरहेको विश्लेषकहरुले अनुमान गरेका छन् । किनकि, कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने पक्षमा भारत अझै सकारात्मक भइसकेको छैन । कोइरालालाई आफूअनुकुल चल्न चलाउन सकिन्न भन्नेमा भारत गिरिजाप्रसादकै समयदेखि नै विश्वस्त रहँदै आएको बुझिन्छ । स्मरण रहोस्, नेपाल गेमप्लान अन्तर्गत भारतले कालेसूचिमा राखेका पात्रमध्य सुशील कोइराला पनि एक हुन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस तथा कोइरालालाई संविधानसभा विघटन गराउनुको प्रमुख पात्र र संघीयताविरोधी भएको आरोप लगाउँदै आएका छन् । यथार्थमा त्यो आरोप देखावटी मात्र भएको विभिन्न घटनाले पुष्टि गरिसकेका छन् । यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिन र त्यसो हुन नसके मधेसी मोर्चा वा साना दलबाट प्रधानमन्त्री बनाउनुपर्ने भट्टराईको तर्क मधेसी मोर्चालाई खुशी राख्नका लागि मात्र हो भन्ने अब मधेसी मोर्चाका नेताहरुले पनि राम्रैसँग बुझिसकेका छन् ।
यता बाबुरामलाई बाध्यतावश मात्र प्रधानमन्त्री बनाएका प्रचण्डले अब भट्टराईबाट निकै खतरा महसुस गर्न थालेको उनीनिकटहरुबाट बसझिएको छ । यसपटक साँच्चै बाबुराम हटाउ ेतृअभियानमा लागेका प्रचण्ड भट्टराईको सत्तालिप्सा देखेर तीनछक्क परेको सुत्रको कथन छ । महाधिबेशनअघि नै बाबुरामलाई हटाउन नसके बाबुरामलाई उपयोग गर्ने फर्मूला के के हुन सक्छन् भन्ने मन्थनमा एमाओवादीभित्रको प्रचण्ड समूह लागिपरेको पनि सुत्रको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको