वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिनु पर्ने सत्तारुढ दलको निर्णय

५ पुष २०६९, बिहीबार १४:०५ मा प्रकाशित

काठमाडौं, ५ पुस । सत्तारुढ दलहरुको मोर्चा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकर बनाउनु पर्ने अडान दोराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धन बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले तत्कालै प्रधानमन्त्री बाबुराम भट्टराईले पद छाड्न नहुने निष्कर्ष निकाल्दै अन्य विकल्पमा तत्काल सोच्न नसकिने निर्णय गरको छ । बैठकको बारेमा जानकारी दिदै गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले भने, ‘बैठकले यही सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने निर्णय रहेको छ ।’ उनले थपे, ‘कथमकदाचित अहिलेकै सरकारले राष्ट्रिय स्वरुप नपाए गठबन्धन भित्रैबाट सरकारको नेतृत्व हुनुपर्ने पूरानो निर्णयमा अडिग रहने बैठकको निष्कर्ष रह्यो ।’
बैठकमा गठबन्धन संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री भट्टराई, मधेसी मोर्चाका सहित अन्य साना दलका नेताहरुको उपस्थिति रहको सिंहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

आजको प्रमुख समाचार