राजश्व छलीमा रारा कन्सट्रक्सनका प्रोपाइटर पक्राउ

५ पुष २०६९, बिहीबार १२:५६ मा प्रकाशित

काठमाडौं, ५ पुस । रारा कन्सट्रक्सन प्रा.लि.का मुख्य संचालक कुमारनाथ उप्रेती आयकर राजश्व छलेको अभियोगमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने ५४ वर्षीय उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले २०६० पुस १४ गते उप्रेतीलाई १ वर्ष कैद र उनको रारा कन्सट्रक्सन प्रा.लि.लाई १ करोड ३६ लाख ६ हजार ८ सय रुपैयाँ जरीवाना गर्ने फैसला गरेको थियो । उप्रेतीले किर्ते आयकर प्रमाणपत्र नविकरणको बिबरण देखाई आर्थिक वर्ष २०४७÷०४८ देखि २०५२÷०५३ सम्मको आय बिबरण नै पेश नगरी ६८ लाख ३ हजार ४ सय रुपैयाँ बिगो बराबर कर छलेको कसुर गरेकाले उल्लेखित बिगोको दोब्बर रकम जरीवाना र १ वर्ष कैद हुने गरी अदालतले फैसला गरेको हो ।
उप्रेतीले रारा कन्सट्रक्सन प्रा.लि.को तर्फबाट आर्थिक वर्ष २०४७÷०४८ देखि  २०५२÷०५३ सम्ममा सिंकालामा सडक निर्माण, बृहत सडक सम्भार, पोखरा एयरपोर्ट सुदृढीकरण आयोजना, डुम्रे बेसीशहर सडक निर्माण जस्ता बिभित्र आयोजनाहरूमा कार्य गरी कर छली गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा