भट्टराईको सर्तले सहमति प्रक्रिया धरापमा : डा. महत

५ पुष २०६९, बिहीबार ०७:०५ मा प्रकाशित

छविलाल बगाले/ ५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले जलस्रोतको धनी भनिएको नेपालमा दैनिक लामो समय लोडसेडिङ हुनु र विदेशीसँग विद्युत माग्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । लमजुङको चितिस्थित जनकल्याण उमाविको ४९ औं बार्षिकोउत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै नेता महतले सो करा बताएका हुन् । उनले नेपालमा बन्न लागेका र बन्दै गरेका ठूला जलविद्युत आयोजना निर्माणमा अवरोध गरेर रोजगार र देशको आर्थिक विकासमा बाधा नपुरयाउन समेत आग्रह गरेका छन् । देशमा बन्द हड्ताल र तोडफाड कम्तिमा ५ बर्षसम्म मात्रै पनि बन्द गर्न सकिए मुलुक आर्थिक संबृद्धिको दिशातर्फ लम्कने बताए । जलबिद्युतको प्रचुर संभावना रहेको मुलुक भए पनि लगानीमैत्री वातावरण सृजना नभएको र निर्माण कम्पनीहरुलाई बिभिन्न बहाना बनाएर धम्क्याउने प्रविृत्तिले देशको अर्थनिति टाट पल्टिएको आरोप लगाए ।  देशमा रहेका खोला, नदीनालाबाट प्रशस्त मात्रामा जलबिद्युत उत्पादन गरी भारतलाई बिक्रि गर्नुपर्नेमा उल्टै भारतबाट बिजुली किन्ने रणनीति देशलाई हित नहुने बताएका छन् । संक्रमणकाल यति लामो होला भन्ने आफूले कल्पनासम्म नगरेको भन्दै उनले दक्षिण एसियाकै भुटान, माल्दिभ्स, बंगलादेश भन्दा पनि हामी धेरै पछि परिसकेको बताएका थिए ।  सत्ता स्वार्थमा लाग्दा मुलुकको आर्थिक विकासका
एजेण्डा ओझेलमा परेको नेता महतको  भनाई थियो ।

सोही क्रममा नेता महतले दलहरुबीच सहमतीय सरकारका लागि सहमति हुन नसकेपछि पटक पटक सोही प्रक्रिया दोहोरयाउनुभन्दा अन्तरिम संबिधानको धारा ३८ (२) अनुसार बहुमतिय प्रक्रियामा जानु पर्ने बताएका थिए । राष्ट्रपतिले पाँचौ पटक पनि सहमतिय सरकारका लागि म्याद थप गरेको सन्दर्भमा डा महतले त्यस्तो भिन्न विचार राख्दै भने पाँचौं पटक पनि सहमति हुने ग्यारेन्टी नभएकाले राष्ट्रपतिले सबै दललाई बोलाएर जसले जन समर्थन जुटाउन सक्छ, संविधान र नयाँ निर्वाचन गराउन सक्छ, जसको पक्षमा बहुमत जुट्छ, उसैलाई सरकारको नेतृत्व दिनुपर्ने विचार डा. महतले ब्यक्त गरेका थिए । दलहरुबीच सहमति भइसकेको अवस्थामा प्रधानमन्त्री डा भट्टराईको सर्तका कारण सहमतीय सरकार बन्न नसकेको डा. महतले आरोप लगाए । प्रधानमन्त्री डा भट्टराई माघसम्म आफै सत्तामा बस्न चाहेको र बैशाखमा चुनाव हुन नदिनका लागि प्रधानमन्त्रीले बखेडा झिकेको उनको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार