मित्तलकी छोरी पाल्न चौधरीका छोरालाई मुस्किल परेपछि…

५ पुष २०६९, बिहीबार ०६:५० मा प्रकाशित

काठमाडौं, ५ पुस । विनोद चौधरीको छोरा निर्वाण चौधरीको वैवाहिक सम्बन्धमा सङ्कट उत्पन्न भएको बुझिएको छ । भारतका ख्यातिप्राप्त उद्यमी लक्ष्मी मित्तलकी भितिजीसँग प्रणयसूत्रमा बाFधिएका निर्वाण पत्नीका कारण निकै तनावमा रहेका र अहिले उनीहरूबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको बुझिएको छ । निर्वाणको तर्फबाट बहुचर्चित अधिवक्ता शम्भु थापाले मुद्दा हेरिरहनुभएको बताइएको छ । पति–पत्नीबीच तनावको कारण आर्थिक भएको र ठूलो खर्च गर्ने बानी परेकी मित्तलपुत्रीलाई पाल्न निर्वाणलाई मुस्किल पर्न थालेपछि दुईबीचको सम्बन्धमा दरार पैदा भएको चौधरीको पारिवारिक सूत्रले जनाएको छ । करिब तीन वर्षअघि निर्वाण चौधरीको विवाह भव्यतापूर्वक भारतको पर्यटकीय सहर गोवामा गरिएको थियो । नेपाल र भारतमा आयोजित शृङ्खलाबद्ध भोजमा करोडौँ रुपैयाँ खर्च भएको थियो । वैवाहिक समारोह र भोजभतेर भव्य गर्दैमा पारिवारिक जीवन पनि भव्यतापूर्वक चल्छ भन्ने सोच्नु गलत भएको प्रमाण निर्वाण चौधरीले दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार