दुवईका नेपालीहरुले नायिका पुजना प्रधानसंगै नयाँ वर्ष मनाउने

१२ चैत्र २०६८, आईतवार २१:५२ मा प्रकाशित

खेमनाथ पौडेल, दुवई,१२ चैत ।  नायिका  तथा  ख्यातिप्राप्त कामुक नृत्याङ्गना पुजना प्रधान यूएईका नेपाली दर्शकहरुसंग नयाँ वर्ष मनाउन यूएईको दुवईमा आउने भएकी छिन् । नयाँ वर्ष २०६९ को अवसर पारी यूएईमा हुन लागेको नयाँ वर्ष हंगामा कन्सर्टमा आफ्नो प्रस्तुती पस्कन उनी दोश्रो पटक यूएई आउन लागेको उक्त कार्यक्रमका आयोजक जयराम लामाले बताए ।

अप्रिल ६ तारिख २०१२ मा दुवईको ईम्पिरियल सुईट होटलमा आयोजना हुन लागेको नयाँ वर्ष हंगामा कन्सर्टमा उनी लगायत स्थानिय कलाकाहरुको विविध रोचक कार्यक्रमहरुको पनि बेजोड प्रस्तुती रहने अर्का आयोजक आशिष पुरुषले बताए । विस्तारै नेपाली चलचित्र फाँटमा पाईला चाल्दै गरेकी पुजना प्रधानलाई नेपालकी हट डान्सरको रुपमा चिन्ने गरिन्छ । पुजनाले यूएईका दर्शकहरुलाई कस्तो खालको हट नृत्य पस्किने हुन् त्यो चाँही अप्रिल ६ मा मात्रै थाहा हुने छ ।

उक्त नयाँ वर्ष हंगामामा पुजनासंगै रमाउन, नाच्न यूएईमा रहेका नेपालीहरुलाई उक्त कार्यक्रममा भाग लिन आयोजकले अनुरोध गरेको छ । यसै अवसरमा उनले यूएईमा नै छायाँकन हुने नेपाली म्यूजिक भिडियोमा पनि अभिनय गर्ने योजना रहेको थाहा हुन आएको छ । नयाँ वर्ष हंगामा सांस्कृतिक कार्यक्रम नाम दिईएको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी