उषालाई फलिफाप सञ्चिताको विलाप

५ पुष २०६९, बिहीबार ०६:३५ मा प्रकाशित

व्यस्त नायिकाको आफ्नो कुर्सी अरूले खोस्न लाग्दा पनि सञ्चिता लुइँटेल गफ दिनमा नै व्यस्त थिइन्, ‘अब भारत जाँदै छु । उताको राम्रो ब्यानर, राम्रो निर्देशकको सिरियलबाट अफर आएको छ ।’ हुन त उनले भनेको कुरा सही नै थियो । उनी भारत गइन् । तर, पछि पो थाहा भयो कि उनी अभिनय गर्न होइन आफ्नो परिवार बसाउनका लागि पो भारत गएकी रहिछिन् । केही समयअगाडि नायक निखिल उपे्रतीलाई भारत पठाएर फ्ल्याटको व्यवस्था गर्न लगाएपछि सञ्चिता पनि उता गएकी थिइन् । नेपाली दशर्कहरूको मान, सम्मान अनि उनीहरूले दिएको इज्जतको अवमूल्यन गर्दै भारत पुगेकी सञ्चिताले निखिलसँग विवाह मात्र गरिनन् कि आमा पनि भइसकेकी छिन् । आज सञ्चिता गुमनाम छिन् भने कतै, कुनै पनि नेपाली सिनेमा र कलाकर्मीहरूको जमातमा उनको उपस्थिति हुन सकिरहेको छैन । निखिल उपे्रतीको एउटा सुखी परिवारमा दोस्री श्रीमतीको रूपमा प्रवेश गरेर भाँडभैलो मच्चाउन सफल सञ्चिता अन्ततः आफैँ यतिबेला नाजुक अवस्थामा छिन् । उनी निखिलसँग पनि छैनन् र माइती पक्षबाट पनि उनको हेरचाह छैन । सञ्चिताको प्रवेशले न त निखिल खुसी हुन सके न त सञ्चिताले नै आफूलाई सुखी बनाउन सकिन् । उता निखिलकी पहिली पत्नी र सन्तान पनि सुखी हुन सकेनन् । सिनेमाको कथामा नायक र नायिकको बीचमा तेस्रो व्यक्ति प्रवेश भयो भने नायक र नायिकाको सम्बन्धमा नै ‘दरार’ आएजस्तै निखिल र उनकी पत्नीको बीचमा सञ्चिताको प्रवेशले साँच्चि नै यो परिवारमा नै फुट ल्यायो । भारतमा अभिनय गर्न भनेर हल्ला चलाएकी सञ्चिताले उतै घरजम गरेको समाचार बजारमा आएपछि सबै तीनछक परेका थिए । उनले चर्चित भारतीय सिरियलमा काम गर्न जान लागेको हल्ला चलाएर काम नगरेको भए तापनि उता हल्ला नगरीकन पहिले कामलाई नै प्राथमिकता दिने अनि मात्र हल्ला गर्ने सोच बोकेकी अर्की कलाकार उषा पौडेलले भने साँच्ची नै भारतीय सिरियलमा काम गरेकी छिन् । हप्ताको तीनपटक ‘सहारा वन’ च्यानलबाट प्रसारण हुने ‘तुझसँग प्रित लगाई सजना’ नामक सिरियलमा काम गर्न उषाले निकै सङ्घर्ष गर्नुपर्‍यो होला, हन्डर खानुपर्‍यो होला तर अन्ततः परिणाम राम्रै आउँछ भनेजस्तै अहिले उषाका लागि समय अनुकूल बन्दै गइरहेको छ । झुलुक्क अनुहार देखाउने तर हल्ला बढी गर्ने खालको भूमिका होइन, उषाको प्रमुख भूमिका नै छ । उनले हल्ला गर्दा पनि फरक पर्दैन तर उषाले भनेकी छिन्, ‘पहिले परिणाम राम्रो निकालौँ, त्यसपछि हल्ला गरौँला ।’ उषालाई यो सिरियलमा दिइएको भूमिका सिरियलमा देखापरेका अन्य भारतीय नारी पात्रहरूको भन्दा कम छैन । ड्रेसअप, मेकअप अनि उषामाथि केन्द्रित क्यामेराका एङ्गलहरू हेर्दा उषा झारझुरे नभईकन गतिलै र बलियो भूमिकामा देखापरेकी छिन् । त्यसैले अरूको भलो चिताउनेको भलै हुन्छ र अरूको कुभलो चिताउनेको सञ्चिताको जस्तै कुभलो हुन्छ भन्दा फरक नपर्ला ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र रिलिजका लागि एक महिना

काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को हेड-टु-हेड च्यालेन्ज गएरातिदेखि प्रारम्भ भएको छ । अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको

बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिन डराउदिनन् । हालै कंगनाले सिख समुदाय विरुद्ध

काठमाडौं । पछिल्लो समय सागर लम्साल बले र प्रिज्मा खतिवडा पुनः चर्चामा छन् । टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी

आजको प्रमुख समाचार