दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति

५ पुष २०६९, बिहीबार ०५:४९ मा प्रकाशित

एजेन्सी, दक्षिण कोरिया, ५ पुष । दक्षिण कोरियामा भर्खरै सम्पन्न निर्वाचनमा निर्वाचित पहिलो महिला राष्ट्रपति पार्क ग्यून हाईले भनेकी छिन, उनको विजय देशको अर्थ तन्त्र सुधारका लागि सहयोगी हुने बताएकी छिन । नव निर्वाचित पहिलो महिला राष्ट्रपति पार्क ग्यून हाई, दक्षिण कोरियाका पूर्व तानाशाह पार्क चुंग हीका सुपुत्री हुन र उनले लिबरल पार्टीका आफ्ना प्रतिद्वंद्वी मून जाई इनलाई पराजित गरेकी थीइन । यस पटकको दक्षिण कोरियाको निर्वाचनमा समाज कल्याण र अर्थतन्त्र मुख्य मुद्दा बनेको थियो । ६० वर्षीय नव निर्वाचित राष्ट्रपति पार्क ग्यून हाईले आफनै पार्टीका ली म्यूंग बाकलाई पदस्थापन गर्ने छिन । उनले करिब ५२ प्रतिशत मत हासिल गरेको थिइन । दक्षिण कोरियाको सरदर आर्थिक विकाश ५.५ प्रतिशत रहेकोमा केहि वर्ष देखि गिर्दै गएको आर्थिक विकाश दर दुई प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । बहुपक्षीयतालाई समर्थन गर्ने चीनको दृढ सङ्कल्प परिवर्तन नहुने चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार २०२१ इम्पेरियल स्प्रिङ्स अन्तर्राष्ट्रिय मञ्चको

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना

न्युयाेर्क । वैज्ञानिकहरुले खुला सागरको एउटा क्षेत्रमा प्लाष्टिकको थुप्रोमा बस्ने समुद्री जनावरहरु पत्ता लगाएका छन् । वैज्ञानिकहरुले साे क्षेत्रलाई ग्रेट

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि