यसैवर्ष मुस्ताङ–तिब्बत नाका कोरला मोटरबाटो जोडिने

५ पुष २०६९, बिहीबार ०१:४४ मा प्रकाशित

मुस्ताङ, ५ पुष । यसै बर्ष भित्र हिमाली जिल्ला मुस्ताङले तिब्बतलाई मोटरबाटोले जोड्ने भएको छ । करिब ३ किलोमिटर ट्रयाक खोलेपछि मुस्ताङहुदै तिब्बतलाई सडकले जोड्ने छ । मोटरबाटो जोडिएपछि थप अर्को नाकाबाट सामान निकासी पैठारी एव तिब्बत आवत जावत गर्न सहज हुने विश्वास लिइएको छ ।
यो सडक सगै कालिगण्डकी करिडोर (कालीगण्डकी लोकमार्ग)का केहि ठाउका सडक सम्पन्न भएपछि नेपाल भारत जोडने सबै भन्दा छोटो दुरीको हुने बिश्वास लिइएको छ । कोराला, जोमसोम, बेनी बाग्लुङ, पर्वत, स्याङजा हुदै भैरहवा सम्म बन्ने नया सडक नै कालिगण्डकी लोक मार्ग हो ।
ग्रामीण पुननिमार्ण तथा पुनस्थापना आयोजना (आरआरआरएसडिपि) अन्र्तगत कागबेनीदेखि झैते सम्मको करिब ४५ किलोमिटर मोटरबाटो निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । झैत देखि उपल्लो मुस्ताङको तिब्बत नाका कोरलासम्म करिब ४२ किलोमिटर सडक जिबिस मुस्ताङले केहिबर्ष अगाडी नै बनाई सकेको थियो । छुसाङ गाबिसको समर गाउ माथीको डाडाक्षेत्रमा करिब ३ किलो मिटर कडा चट्टानयुक्त पहाडले ट्रयाक खोल्न बाँकी रहेको कार्यालयले जानकारी दिएको छ । सरकारले सबै जिल्लामा मोटरबाटो जोड्ने अभियानलाई तिब्रता दिने क्रममा मुस्ताङमा पनि मोटरबाटो निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ ।
‘यस बर्षको चैत्र मसान्त अगाबै कच्चि मोटरबाटो बनीसक्ने छ ।’ ग्रामीण पुननिमार्ण तथा पुनस्थापना आयोजनाका जिल्ला प्रमुख एव जिल्ला प्राविधिक कार्यालय मुस्ताङका प्रमुख चन्द्र प्रसाद सुबेदीले भन्नुभयो– ‘चिसोको कारण यतिबेला त्यति कामहुन सकेको छैन अन्य आवश्यक पुर्वाधार तयार गरी यातायात सुविधा पुर्याउने योजना छ ।’ कालिगण्डकी करिडोर अन्तर्गतको कागबेनी देखि घमी गाविसको झैंतेसम्मको ४५ किलोमिटर सडक निर्माण गर्न एशियाली विकास बैंक (एडिबी) आर्थिक सहयोग दिएको छ । करिब २८ करोड रुपैया एडिबीको आर्थिक सहयोगबाट मोटरबाटो, प्रभाबित क्षेत्रमा खानेपानी, झोलुङे पुल, सिचाई, बिद्यालय निमार्ण, सिपमुलक तालिम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
गत बर्ष नै ट्रयाकमात्रै भए पनि खोलिसक्ने लक्ष्य राखिएको भएपनि जोमसोम बेनी सडक खण्डको भिरकाटेमा पहिरो गएकाले औजार मेशिन ल्याउन नपाउदा ढिला भएको कार्यालयले जनाएको छ । अहिले चिसोका कारण काम त्यति दु्रत गतिमा हुन सकेको छैन, कार्यालय प्रमुख सुबेदीले भन्नु भयो, “कालीगण्डकीको जोमसोममा यो हिउद लगत्तै ढेकेदारले पुल निमार्णको काम शुरु गर्ने छ भने चैले गेटमा लोकल रोड्स ब्रिज प्रोग्राम (एलआरबिआर)को सहयोगमा मोटरेबल पुलको डिजायन भै सकेको छ । कन्सट्रक्सनमा जान कुने समस्या नरहेपनि जिबिसले यति ठुलो लगानी एकै ठाउमा गर्न असमर्थ हुने भएकाले सहयोगी निकायको खोजी भै रहेको छ ।” जोमसोम र चैले गेटमा मोटरेबल पुल बनेपछि नेपालका प्राय स्थानबाट सवारी साधन कोराला नाका सम्म पुग्न कुनै समस्या हुने छैन ।
जिल्लाको छोसेर गाबिसको समजुङ गाउ र कागबेनी गाबिसको साङता गाउबाहेक १६ बटै गाबिसका गाउ बस्तिीहरुमा जिल्ला बिकास समिती मुस्ताङको आथीक एव जिल्ला प्राविधिक कार्यालयको प्राबिधिक सहयोगमा कृषि सडक बनी सकेको जिल्ला प्राबिधिक कार्यालयका सब इन्जिनियर डवलबहादुर तामाङले मेरोजिल्ला डट कम लाई बताउनु भयो । कोराला नाका सम्म सडक पुगे पछि नेपाली सामान चिनीया बजारमा र चिनीया सामाग्री नेपाली बजारमा सहजै लैजानका साथै जिल्लाभित्र आउने निमार्णसामाग्री, दैनिक उपभोग्यबस्तु एव लत्ताकपडा सहजै सर्वसुलभ मुल्यमा मुस्ताङका सबै गाउबस्तिका बासीन्दाका घरघरमा पुर्याउन सकिने तामाङको भनाई छ । उहाका अनुसार यो सडकको स्तरोउन्नतीहुन सके तातोपानी भन्सार कै दाजोमा राजश्व संकलन समेत गर्न सकिने छ ।
‘हिमपातले समेत पछिल्लो समय बाटो बनाउन समस्या भएको छ, २०६६ सालमा प्रारम्भ भएको योजना पुरा गर्न द्रुत गतिमा काम भैरहेको छ ।’ ग्रामीण पुन निमार्ण तथा पुनस्थापना आयोजनाका असिष्टेण्ट सब इन्जिीनियर कृष्ण प्रसाद गौतमले भन्नु भयो, –‘मोटरबाटो पुरा भएपछि तिब्बत सितको व्यापार बृद्धि हुने छ ।’ ‘ट्रयाक खोलिएको ठाउँमा रिटेनिङ वाल लगाउने लगायतका पुर्वाधार बनीरहेको उहाँले बताउनु भयो । जिबिसले खोलेको कच्चि सडक कोरला देखि झैंतेसम्म विगत पाच वर्षदेखि नै जीप आवतजावत गर्ने गरेको छ ।
जिबिस र नेपाली सेनाले बनाएको जोमसोम देखि बेनी सम्म ७४ किलोमिटर मोटरबाटोमा सवारी आवतजावत हुदै आएको छ । जोमसोम देखि कागवेनीसम्म १० किलोमिटर हुदैं मुक्तिनाथ सम्म २१ किलोमिटर सडक बनेपछि मन्दिरसम्म यातायात सुविधा छ ।
.

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार