मुस्ताङी पहिचान बन्दै छ सुकुटी

५ पुष २०६९, बिहीबार ०१:३७ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, ५ पुष । हिमाली जिल्ला मुस्ताङका बासीन्दाहरू हिउँदको फुर्सदीलो समयको फाईदा उठाउँदै भेडा च्याङ्ग्रा र याकको सुकुटी बनाउन व्यस्त भएका छन् । मुस्ताङीहरूलाई हिजोआज जन्मथलो छाडेर देशका विभिन्न शहर तथा बिदेश गएका आफन्त र काठमाडौ पोखरा लगायतका ठाउँमा रहेका होटल तथा डिपार्टमेन्टल स्टोरबाट माग भएको सुकुटी निर्माण लागि भ्याई नभ्याई भएको हो । कतिपय जिल्ला बाहिर रहेका मुस्ताङबासीहरु समेत यो बेला भेडाच्याङ्ग्रा र याकको सुकुटी बनाउनकै लागि जन्मथलो फर्केका छन ।
चिसो हावापानीमा बनाईएको स्वादिष्ट सुकुटीको स्वाद जन्मथलो छाडेका मुस्ताङीहरूले मात्र होईन् एक पटक मुस्ताङ आईपुगेका आन्तरीक तथा बाह््य पर्यटकले पनि बिर्सन सक्दैनन् । काठमाडौ, पोखरा, नारायणघाट लगायत देशका विभिन्न शहरका साथै जापान, अमेरीका, अस्ट्रेलीया, फ्रान्स, भारत, बेलायत लगायतका देशमा पुगेका आफन्तलाई सुकुटी कोसेलीको रुपमा पठाउने गरेको जोमसोमका कर्चुङ गुरूङले मेरोजिल्ला डट कम लाई बताउनुभयो ।
‘कोसेलीको रुपमा पठाएको सुकुटी होटल र लजहरूमा पनि पुग्छ’ गुरूङले भन्नुभयो ‘केही वर्षयता भेडाच्याङ्ग्राको सुकुटी मुस्ताङको पहिचान बन्न थालेको छ ।’ पर्यटकीय जिल्लाको रुपमा चिनिने मुस्ताङका धेरै बासीन्दा ब्यवसायीक र मासुका उद्देश्यले भेडा, च्याङ्ग्रा, चौंरी पालन गर्ने गर्छन् । सुकुटी बनाउने क्रममा छाला, ऊन र मासुका अन्य परिकार पनि बनाउने गरिन्छ । छाला र ऊन तिब्बततर्फ निर्यात हुने गदर्छ । यहाँ स्वादीलो सुकुटीको स्वाद लिनकै लागि पनि आन्तरीक तथा बाह््य पर्यटक पनि आउने गरेका छन् ।
अघिल्लो वर्ष ६० वटा भेडाको सुकुटी बनाएर आफन्तलाई पठाएका पोखराका बबि गौचन यो बर्ष ३४ बटा मात्र भेडाको सुकुटी बनाएको बताउनुहुन्छ । बबि मात्र नभएर जोमसोमका राजेन्द्र शेरचन, मार्फाका ध्याम्चो गुरुङ, कागबेनीका रिङजीङ नाम्ग्याल गुरूङ, मुक्तिनाथका ताक्ला ठकुरीलाई पनि हिजोआज सुकुटी बनाउन भ्याई नभ्याई छ । बेजिल्लाबाट आई यहा बस्दै आएका सुर्यमोहन दहालले समेत स्वादिष्ट मासु खानकै लागि भेडाको मासु सुकाएको बताउनु भयो । चिसो मौसममा निर्मित सुकुटी स्वास्थ्यका लागि लाभदायक हुने भएकाले पुष, माघको समयमा स्थानीयवासीले सुकुटी बनाउने गर्छन् । स्वस्थ्य पशु बध गरेर हावा लाग्ने ठाउँमा कम्तिमा एक हप्ता सम्म सुकाएर सुकुटी बनाउने गरिन्छ ।
उपल्लो मुस्ताङका बासिन्दा चौंरीको सुकुटी बनाई आफैसँग लिएर घुम्ती ब्यापार गर्न न्यानो ठाउँमा गईसकेका छन् । स्वास्थ्यका लागि लाभदायक हुने भएकाले पुष, माघको समयमा स्थानीयवासीले सुकुटी बनाउने गर्छन् । स्वस्थ्य पशु बध गरेर हावा लाग्ने ठाउँमा कम्तिमा एक हप्ता सम्म सुकाएर सुकुटी बनाउने गरिन्छ ।
उपल्लो मुस्ताङका बासिन्दा चौंरीको सुकुटी बनाई आफैसँग लिएर घुम्ती ब्यापार गर्न न्यानो ठाउँमा गईसकेका छन् । आन्तरीक तथा बाह््य पर्यटकले पनि बिर्सन सक्दैनन् । काठमाडौ, पोखरा, नारायणघाट लगायत देशका विभिन्न शहरका साथै जापान, अमेरीका, अस्ट्रेलीया, फ्रान्स, भारत, बेलायत लगायतका देशमा पुगेका आफन्तलाई सुकुटी कोसेलीको रुपमा पठाउने गरेको जोमसोमका कर्चुङ गुरूङले मेरोजिल्ला डट कम लाई बताउनुभयो ।
‘कोसेलीको रुपमा पठाएको सुकुटी होटल र लजहरूमा पनि पुग्छ’ गुरूङले भन्नुभयो ‘केही वर्षयता भेडाच्याङ्ग्राको सुकुटी मुस्ताङको पहिचान बन्न थालेको छ ।’ पर्यटकीय जिल्लाको रुपमा चिनिने मुस्ताङका धेरै बासीन्दा ब्यवसायीक र मासुका उद्देश्यले भेडा, च्याङ्ग्रा, चौंरी पालन गर्ने गर्छन् । सुकुटी बनाउने क्रममा छाला, ऊन र मासुका अन्य परिकार पनि बनाउने गरिन्छ । छाला र ऊन तिब्बततर्फ निर्यात हुने गदर्छ । यहाँ स्वादीलो सुकुटीको स्वाद लिनकै लागि पनि आन्तरीक तथा बाह््य पर्यटक पनि आउने गरेका छन् ।
अघिल्लो वर्ष ६० वटा भेडाको सुकुटी बनाएर आफन्तलाई पठाएका पोखराका बबि गौचन यो बर्ष ३४ बटा मात्र भेडाको सुकुटी बनाएको बताउनुहुन्छ । बबि मात्र नभएर जोमसोमका राजेन्द्र शेरचन, मार्फाका ध्याम्चो गुरुङ, कागबेनीका रिङजीङ नाम्ग्याल गुरूङ, मुक्तिनाथका ताक्ला ठकुरीलाई पनि हिजोआज सुकुटी बनाउन भ्याई नभ्याई छ । बेजिल्लाबाट आई यहा बस्दै आएका सुर्यमोहन दहालले समेत स्वादिष्ट मासु खानकै लागि भेडाको मासु सुकाएको बताउनु भयो । चिसो मौसममा निर्मित सुकुटी स्वास्थ्यका लागि लाभदायक हुने भएकाले पुष, माघको समयमा स्थानीयवासीले सुकुटी बनाउने गर्छन् । स्वस्थ्य पशु बध गरेर हावा लाग्ने ठाउँमा कम्तिमा एक हप्ता सम्म सुकाएर सुकुटी बनाउने गरिन्छ ।
उपल्लो मुस्ताङका बासिन्दा चौंरीको सुकुटी बनाई आफैसँग लिएर घुम्ती ब्यापार गर्न न्यानो ठाउँमा गईसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

आजको प्रमुख समाचार