देशभक्ति गीत लेखनको नतिजा सार्वजनि

४ पुष २०६९, बुधबार २३:५० मा प्रकाशित

सुमन सिटौला, इजरायल । अनेकसको अनलाइन देशभक्ति नेपाली गीत लेखन प्रतियोगिताको प्रारम्भिक छनौंट पूरा भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले आयोजना गरेको अनलाइन देशभक्ति नेपाली गीत लेखन प्रतियोगिताको प्रारम्भिक छनौंट पूरा भएको छ । जस अन्तर्गत प्राप्त भएका सयौ भन्दा बढि गीतहरु मध्ये निर्णयक मण्डलबाट उत्कृष्ट ठहरिएका १५ वटा गीतहरुलाई उक्त संस्थाको फेसबुक लिंकमा राखिएको र त्यसरी राखिएका १५ रचना मध्ये २५ डिसेम्बर २०१२ सम्म सबै भन्दा बढी मन पराइएका र सबै भन्दा बढी लाइक पाएका पाँच गीतहरुलाई पुनस् निर्णयका लागि निर्णायक मण्डलसमक्ष पठाएर प्रथम, द्वीतीय र तृतीय गीत छनौट गरी यही ११ जनवरी २०१३ का दिन एक भव्य समारोहका बीच घोषणा गरिने जानकारी उक्त संस्थाको सूचनामा जनाइएको छ ।
टप १५ मा छनौंट भएका गीतकारहरु यसप्रकार छन ।

राजेश रुम्बा लामा ‘अतृप्त’ (बिरेन्द्रनगर- १, चितवन, हाल-दोहा कतार)
डि.आर ‘अट’ (छोरम्बु- ४ खोटाङ, हाल-सिओल, दक्षिण कोरिया)
चन्द्रा चाम्लिङ ( संखुवासभा, धुपु ५, भोगटेनी
गोविन्द ‘भावुक’ (दाप्चा काभ्रे, हाल-दोहा कतार)
अतृप्त ‘कमल’ ( बुटवल, रुपन्देही, हाल दोहा कतार)
खगेन्द्र खिलाफी राई (पाख्रिवास ४, धनकुटा
मीरा मन थापा (माइधार, झापा,हाल-इजरायल)
प्रविण सिन्धुलीय ( सिन्धुलीमाढी, कमलामाई न.पा. सिन्धुली, हाल-दोहा कतार)
प्रतिमा केसी (दूधराक्ष १, रुपन्देही, हाल-वेलायत)
राजन प्रभात ‘आँशु’ ( सिंधुली, कुकुरठाकर बाँसबोटे- ४, हाल-दोहा कतार)
अनु अर्याल – हाल इजरायल
राजकुमार बेहाल (हरिप्रसाद दाहाल), पाँचथर जिल्ला, थर्पु- १, दाहाल गाउँ)
सन्तोष सिटौला ( अर्जुनधारा- ६, झापा, हाल- दोहा कतार)
श्रीराम अधिकारी ( हाल इजरायल)
सुवास संगम राई- लोखिम- ३ सोलुखुम्बु, हाल- युएई, अबुधावी)

नेपाली भाषा, कला र संस्कृतिको उत्थानका लागि स्थापित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) इजरायलले स्थापनाको छोटो समयमै निकै राम्रा र उदाहरणीय कामहरु गरेर विश्वभरिकै नेपालीहरुबाट माया पाउन सफल भएकोमा आफूलाई खुशी लागेको कुरा सो संस्थाका अध्यक्ष प्रमोद लम्सालले हामीसँग राख्नु भयो । हामीसंगको कुराकानीमा उहाँले केन्द्रिय समितिको राम्रो निर्देशन, सहयोग र सामानजस्यता रहेको हुँदा आफूलाई काम गर्न अति नै सजिलो भएको र अनेकस इजरायलका सबै पदाधिकारीज्यूहरु पनि ज्यादैनै मेहनति, सहयोगी र संस्थाको लागि समर्पित रहनुभएको हुनाले अनेकस इजरायलले राम्रा कामहरु गर्दै जान सजिलो भएको जानकारी गराउदै त्यसका लागि अनेकस इजरायल शाखामा रहनुहुने सबै सबै साथीहरुलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति