‘सत्ताको लागि संविधान साटिदैन’

४ पुष २०६९, बुधबार १६:५१ मा प्रकाशित

काठमाडौ, ४ पुस । नेपाली काग्रेसका नेता अर्जुन नरसिह केसीले काग्रेसले सत्ताको लागि संविधान साट्न नसक्ने स्पष्ट पारेका छन् । उनले आज राजधानीमा गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने, ‘संविधानका अन्र्तबस्तुमा सहमति गरेर सत्ता पाउने सर्तको पक्षमा काग्रेस छैन ।’
संविधानसभाले  औपचारिक रुपमा पारित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्धता सबैको छदैछ उनले भने, ‘अहिले आएर चार वर्षमा हुन नसकेको संविधानका अन्र्तबस्तुमाथिको सहमति चार दिनमा खोजेर हुँदैन । त्यस्तो गर्नु भनेको निर्वाचनबाट भागने षडयन्त्र मात्र हो । अहिले नै अन्र्तबस्तुमा सहमति गर्नु आउने जनप्रतिनिधिहरुको अपमान हुन्छ ।’
यद्यपि उनले संविधान निर्माणमा अहिलेसम्म भएका सहमतिलाई सन्दर्भ सामग्रीको रुपमा भने स्विकार्न सकिने स्पष्ट पारे । केसीले पुस पहिलो साताभित्र सहमति नभए जेठ को पहिलो सातासम्ममा पनि निर्वाचन हुन नसकने भन्दै माओवादी अहिले आफै धामि आफै बोक्सी जस्तो बनेर निर्वाचन नगर्ने षडयन्त्रमा लागेको बताए । प्रचण्ड नरम जस्तो देखिएर प्रधानमन्त्रीलाई अवरोधको रुपमा तेर्साउनु निर्वाचनमा नजाने माओवादीको रणनीति भएको आशंका समेत उनले ब्यक्त गरे ।
प्रधानमन्त्रीले पछिल्लो समयमा प्रस्ताव राखे जस्तो संविधानका अन्र्तबस्तु सहित यहि सरकारमा काग्रेस र एमाले सहभागि हुनु पर्ने विषयलाई खारेज गर्दै केसीले दुबै कुरा असम्भव रहेको बताए ।
उनले संबैधानिक नियूक्तीहरुमा पुरानैलाई निरन्तरता दिएर अघि बढ्नु पर्ने धारणा राख्दै नयाँ सहमति खोज्ने प्रयत्न असम्भव रहेको बताए । अहिलेसम्मको विवाद जातीय वा साझा पहिचान यूक्त संविधान के भन्ने मात्रै भएको भन्दै उनले विवादलाई अहिलेनै जनमत संग्रहमार्फ समाधान गरे मात्रै निर्वाचन भएको एक वर्षमा संविधान बन्न सक्ने बताए । अन्यथा फेरि पनि संविधान बन्न सक्नेमा आशंका ब्यक्त गरे ।
नेकपा एमालेका नेता रघुजी पन्तले संविधानसभामा विगतमा भएका सहमति मान्न सकिए पनि त्यसलाई स्विकार्न कोही पनि बाध्य नहुने भन्दै अहिले नै अन्र्तबस्तुमा सहमति खोज्नु निर्वाचन नगर्ने षडयन्त्र मात्र भएको दावी गरे । उनले भने–विगतमा भएका सहमति मान्न सकिन्छ तर नयाँ संविधानसभा त्यसलाई स्विकार्न बाध्य हुँदैन । त्यो संविधानसभाको हात खुट्टा बाध्ने षडयन्त्र मात्र हो ।
प्रधानमन्त्रीमा दावी गर्ने हैसियत एमाओवादी, काग्रेस एमाले र माओवादीलाई मात्रै भएको उल्लेख गर्दै पन्तले मधेसी वा साना दलको नेतृत्व भन्नु सहमतिको हलो अड्काउने प्रचण्ड र प्रधानमन्त्रीको दाउ मात्रै भएको दावी गरे । उनले एमाले सुशिल कोइरालाको नेतृत्वमा सहमतिको सरकार निर्माणको पक्ष रहेको भन्दै यसमा पार्टी दृढ रहेको स्पष्ट पारे ।
बर्तमान प्रधानमन्त्रीलाई विश्वासघातीको संज्ञा दिदै विश्वासघाती सरकारको नेतृत्वमा एमाले सरकारमा कुनै पनि हालतमा नजाने पन्तले बताए । उनले सरकारको गिर्दो लोकप्रियता र पार्टी विभाजनको पिडाको कारण माओवादी निर्वाचनमा जान नचाहेर अनेक किसिमको बहाना बनाउने गरेको आरोप समेत साक्षात्कारमा लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार