थपिए पाँच डिआइजी

४ पुष २०६९, बुधबार १३:०५ मा प्रकाशित

काठमाडौं, ४ पुस । सरकारले पाच डिआइजी थप गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद बैठकले पाँच जना एसएसपीलार्इमा बढुवा गरी डिआइजी बनाए पछि डीआइजीको संख्य थपिएको हो ।
सरकारले बढुवा गरेकाहरुमा २०४३को व्याज एक जना मात्र परेका छन् । भने, बाँकी चार जना २०४४को व्याजका हुन् । डिआइजीमा बढुवा भएकाहरु एसएसपीहरु श्यामबहादुर खड्‍का, राष्ट्रिष्य सुरक्षा परिषद्‍, नवराज सिलवाल, प्रहरी तालिम प्रतिष्ठान, प्रकाश अर्याल, अपराधा नियन्त्रण ब्यूरो, जयबहादुर चन्द, सुरक्षा सेवा निर्देशनालय र बमबहादुर भण्डारी, सशस्त्र प्रहरी निर्देशनालयमा पदस्थापना गरिएको छ ।
बढुवा गरिएका मध्ये खड्‍का मात्र २०४३ सालमा सेवा प्रवेश गरेका हुन्‍ । ०४३ सालमा सेवा प्रवेश गरेका एसएसपीहरु ७ जना थिए । तर, उनीहरुबाट नगरी पछिल्लो बर्ष २०४४ सालमा सेवा प्रवेश गरेकाबाट अरु चार जना बढुवा गरिएका हुन् ।
त्यसैगरी मन्त्रिपरिषद्‍को बैठकले न्याय सेवा आयोगको सिफारिसमा कानुन सेवामा बरिष्ठ सहसचिव राजुमानसिं मल्ललार्इ सचिवमा बढुवा गरेको छ । उनलाई प्रधानमन्त्रीकार्यालयमा पदस्थपना गरिएको छ । यसअघि उनी त्यहीका कामु सचिव थिए । सञ्चार मन्त्री राजकिशोर यादवका अनुसार रासायनिक मलको अभाव हुन नदिनका लागि सरकारले साल्ट ट्रेडिङ लिमिटेडलाई ८५ हजार मेट्रिकटन रासयनियक मल खरिद गर्न भन्सार छुट दिने निर्णय पनि गरेको छ । साथै एशियाली विकास बैंकले दिने भनेको २ अरव ४२ करोड रुपैयाँ अनुदान लिनका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार