गोरसबाट मासिक दुई लाख कमाई

४ पुष २०६९, बुधबार १२:५१ मा प्रकाशित

हेटौँडा, ४ पुस । गाई पालनबाट हेटौँडाका दुई युवाले मासिक दुई लाख रुपियाँ आम्दानी गर्दै आएका छन् । गाईफार्मबाट उत्पादित दुध बिक्रीबाट दुई लाख रुपियाँ आम्दानी हुने गरेको उनीहरूले बताए ।
हेटौँडा–४ का कमल र ८ का युवाकर मैनालीले आफ्नो पाँच कट्ठा जमिनमा अत्याधुनिक गोठ निर्माण गरी ४० वटा गाई पाल्दै आएका छन् । पालिएमध्ये २६ वटा गाईबाट उत्पादित दुई सय लिटर दूध बिक्रीबाट उनीहरूले सो आम्दानी गरेका हुन् । परिवारका तीन र बाहिरका तीन गरी ६ जनालाई रोजगारीसमेत सो फार्मले दिएको छ । ४० लाख रुपियाँको लगानीमा थालिएको फार्ममा केही लगानी एभरेस्ट बैंकमार्फत गरिएको छ भने आदिभन्दा बढी लगानी तिनै दुई युवा व्यवासयीको रहेको छ । फार्मबाट उत्पादित दूध दुग्ध विकास संस्थानमा ३५ रुपियाँ प्रतिलिटर बिक्री गर्ने गरिएको मैनाली बताउँछन् ।

छिमेकी मुलुक भारत र स्वदेशकै चितवनबाट ल्याइएका गाईहरू तीन महिनाअघिबाट पाल्न थालिएको हो । कालिका बहुउद्देश्यीय कृषि फार्मको नामबाट उनीहरूले १६ वटा होलस्टेन्ड र न्युजर्सी गाई ल्याएका हुन् । काम भनेअनुसार सहज नभएको फार्मका सञ्चालक कमल बताउँछन् । उनले कृषिकका लागि सरकारी अनुदानका कुरा आए पनि त्यस्तो नपाइएको गुनासो गरे । सामान्यतया जिल्ला पशुकार्यालयको सुविधाबाहेक अन्य केही सुविधा नपाएको मैनाली दाजुभाइको भनाइ छ । फार्ममा पालिएका गाईका लागि चार बिगाह क्षेत्रफल जमिनमा घाँसखेती गरिएको छ । पछिल्लो समय जिल्लामा दशभन्दा बढी गाई पालेर फार्म सञ्चालन गर्नेको संख्या ८२ भन्दा बढी फार्म रहेको जिल्ला पशुकार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार