बारामा बिकेन काउली

४ पुष २०६९, बुधबार १२:४३ मा प्रकाशित

बारा, ४ पुस । काउली नबिकेपछि बाराका किसानले निकै ठुलो क्षति बेहोर्नु परेको छ । उनीहरुले आफ्नो बारीमा लगाएको काउलीको राम्रो भाउ नपाएपछि बारीमै काउली नष्ट गर्न थालेका छन् । बारा सिम्रौनगढका एक किसानका अनुसार दुई रुपैयाँ  प्रतिकिलोमा समेत काउली बिक्री हुन छाडेपछि किसानले खेतमै नष्ट गर्न थालेका हुन् ।
सिम्रौनगढका किसान अहमद अन्सारीले पाँच कट्ठा क्षेत्रफलको काउली खेतमै नष्ट गर्नुपर्ने बाध्यता रहेको बताए । प्रति कट्ठा ६ हजार रुपैयाँ लगानी लगाएको भएपनि काउली काटेर गाईवस्तुलाई खुवाउनुको बिकल्प नभएको उनको भनाई छ । स्थानीय स्तरमा लाग्ने हाट बजारमा दुई रुपैयाँ प्रतिकिलोमा समेत बिक्री नभएकाले बजारसम्म पुर्‍याउँदा मेहनत मात्र खेर जाने सिम्रौनगढ क्षेत्रका किसानको भनाई छ ।
भारतीय बजार छौडादानोमा रेलको लिक निर्माण भइरहेकाले काउली भारततर्फ निर्यात गर्न नसकिएको किसानले बताएका छन् । यसबर्ष पानी ढिलो गरी परेकाले एकैपटक धेरै काउली उत्पादन हुँदा बजार पाउन नसकेको कृषि प्राबिधिकहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार