रौतहटको छुट्टा छुट्टै स्थानमा गोली हानी दुईको हत्या

१२ चैत्र २०६८, आईतवार १८:२० मा प्रकाशित

रौतहट, १२ चैत । रौतहटमा आइतवार दुइ छुट्टा छुट्टै स्थानमा भएको घटनामा दुई जनाको गोली हानी हत्या गरिएको छ । प्रहरीका अनुसार हत्याराहरुको हालसम्म पहिचान हुन सकेको छैन ।

रौतहट प्रहरीका अनुसार बिहान मकवानपुरका विजय ढकाललाई रौतहटको वागमती सिंचाई आयोजनाको नहरको डीलामा गोली हानी हत्या गरिएको थियो ।

दिउँसो पाँच बजेतिर रौतहट गरुडाकी ३० बर्षीया फुलकली देविलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन् । सामान्य गृहणी महिलाको हत्या हुनुको कारण थाहा हुन सकेको छैन ।

प्रहरीका अनुसार मकवानपुरका ढकालले शनिबार साँझ हेटौडाबाट सर्लाहीको मलंगवा जाने भन्दै भाडामा लिएका थिए ।

बागमती सिंचाईको किनारामा पुगेपछि चालक ढकालको कञ्चटमा गोली हानेर अपरिचित व्यक्तिहरु जीप लिएर फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने