दीनबन्धुले जुटाए पौने पाँच करोड

४ पुष २०६९, बुधबार ०८:११ मा प्रकाशित

कास्की, ४ पुस । पोखरास्थित भारती भवन उच्च माविमा क्याम्पस सञ्चालानार्थ आवश्यक अर्थ–सङ्कलनका लागि आयोजित ज्ञान महायज्ञमा करिव ४ करोड ७५ लाख दान–सहयोग सङ्कलन भएको छ । २ करोड रकम सङ्कलन गर्ने उद्देश्य राखिएको महायज्ञमा दोब्बरभन्दा बढी रकम उठेपछि आयोजक तथा स्थानीयवासीमा हर्ष छाएको छ । गत मङ्सिर २४ देखि पुस १ गतेसम्म आयोजित महायज्ञमा युवा पण्डित दीनबन्धु पोखरेलले धार्मिक प्रवचन दिनुभएको थियो । ज्ञान महायज्ञमार्फत् समाजमा शान्ति र समृद्धिको चेतना छर्ने अभियानका अभियन्ता पण्डित पोखरेलको मनमोहक एवम् ज्ञानवद्र्धक प्रवचनबाट सम्मोहित भएर दाताहरुले मनग्गे अर्थदान गरेका बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार