राष्ट्रपतिको काम म्याद थप्ने मात्र !

४ पुष २०६९, बुधबार ०७:४७ मा प्रकाशित

काठमाडौं, ४ पुस । राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा दलहबीच सहमति हुन नसकेपछि राष्ट्रपति डा. रामवरण यादवले पाँचौँपटक पाँच दिनका लागि पुनः म्याद थप गरेका छन् । राष्ट्रपति यादवले एमाओवादी, काङ्ग्रेस, एमाले तथा मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको आग्रहमा पाँच दिनका लागि म्याद थप गरेका हुन् ।
राष्ट्रपतिले यसअघि चौथोपटक थपिएको म्याद सोमबार सकिएको थियो । थप गरिएको सहमतिमा दलहरूबीच कुनै सहमति नभएपछि दलका नेताहरूले मंगलबार बिहान भेट गरी तीनदेखि पाँच दिन म्याद थप गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । राष्ट्रपतिले दलका नेताहरूकै आग्रहअनुसार म्याद थप गरेका हुन् ।
राष्ट्रपति कार्यालयले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनीतिक दलहरूले फेरि पनि थप समय माग गरेको हुँदा मागबमोजिम सम्वत् २०६९ साल पुस ७ गतेसम्म म्याद थप गरिएको जनाएको छ । सहमतिका लागि नेतालाई मौखिक रूपमा आग्रह गर्दै आएका राष्ट्रपतिले मङ्सिर ८ गते लिखित रूपमा नै राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरेका थिए । तर, दलका नेताहरू अहिलेसम्म आ–आफ्नै अडानमा कायम रहेकाले सहमति हुन सकिरहेको छैन । महिना दिनसम्म सहमति बन्न नसक्दा पनि म्याद मात्र थप गरिएपछि राष्ट्रपतिको काम म्याद थप गर्ने मात्र रहेछ भन्ने सन्देश प्रवाहित हुन पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय