जनताको गुनासो ढाँटेरै हैरान पारे नेता र कर्मचारीले

४ पुष २०६९, बुधबार ०७:२१ मा प्रकाशित

रुपन्देही, ४ पुस । विकासबाट पछाडि परेका गाउँका जनतालाई सधै नेता र कर्मचारीले ढाँटेर हैरान पारेको गुल्मीको बाँझकटेरीका स्थानीयले गुनासो गरेका छन् । जनताले गाउँमा नेता पुगेका बेला ठूलो अपेक्षा गरेर मागहरु राख्दा भर्खरै पूरा गरिदेलान् जस्तो गरेर आश्वासन दिने तर फर्केपछि वास्तै नगर्ने गरेको भन्दै उनीहरुले आपत्ती प्रकट गरेका छन् । बाँझकटेरी गाविस वार्ड नं १ मा रहेको कबुलियती बन अनुगमन तथा निरीक्षणका लागि गाउँ पुगेका सरकारी निकायका प्रमुखहरुलाई स्थानीयले आफुहरुले माग गरेका सामान्य कुरा समेत राज्यले दिन नसकेको गुनासो गरेका हुन । गाउँमा गएको बेला कृषि र पशुपालन, शिक्षा लगायतका क्षेत्रमा समस्या रहे पनि त्यसका लागी सरकारी निकायले कुनै पहल नगरेको उनीहरुले गुनासो गरेका हुन् । गतवर्ष जिल्ला कृषि बिकास कार्यालयले बाँझकटेरीमा सयौ वर्षदेखि गर्दै आएको आलुको स्थानीय जातलाई संरक्षण गरी उत्पादन बढाउन पहल गर्ने बताए  पनि कुनै कार्यक्रम नलगेको, पशुसेवा कार्यालयले बाख्रा र भैंसीपालन कार्यक्रमलाई सहयोग गर्ने भने पनि वास्ता नगरेको, कबुलियती बन मूल समितिका अध्यक्ष होलबाड्डका बृजबहादुर खत्रीले बताउनुभयो । राजनैतिक दलले गाउँमा तपाईलाई के चाहियो माग गर्नुस् हामी जिल्लामा गएर विनियोजन गर्छौं भने पनि जिल्लामा पुगेपछि वास्तै नगर्ने गरेकोउहाँको भनाई छ ।

गाउँमा मोटरबाटो नपुगेकोले समस्या भएको, दुर्गम ठाउँमा कक्षा ५ सम्म मात्र पढाई हुने र निमाविदेखि माथिल्लो तहका लागी स साना केटाकेटी डेढ दुई घण्टाको पैदल हिंडेर बाहिर जानुपर्ने भएकोले विद्यालयको स्तरोन्नती गर्नुपर्ने, गाउँमा रहेको उपस्वास्थ्य चौकीमा औषधी अभाव तथा कर्मचारी नबस्ने समस्या भएको लगायतका माग उनीहरुले प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल सहित पुगेको टोलीलाई राखेका थिए । उनीहरुले आयआर्जन, विकास निर्माण, शैक्षिक र स्वास्थ्य समस्याको बारेमा समेत जानकारी गराएका छन । करीब ७१ घरधुरी रहेको वार्ड नं १ का स्थानीयले आयआर्जनतर्फ आलुखेती, दाँतेओखर, विकास निर्माणतर्फ कबुलियती बनसम्म पुग्ने मोटरबाटो र विद्यालयमा रिक्त रहेका दरबन्दीमा शिक्षक नियुक्तीको विषयमा माग गरेका छन । स्थानीयको समस्यालाई सम्बोधन गर्दे प्रमुख जिल्ला अधिकारी कविन्द नेपालले तत्काल समस्या समाधान हुने विषयमा आफुले ध्यान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार