भूमिहीनको धर्ना जारी

३ पुष २०६९, मंगलवार २२:०६ मा प्रकाशित

रुपन्देही ३ पुस । भैरहवाको मालपोत कार्यालय, सुकुम्वासी समस्या समाधान आयोगको कार्यालय र वन कार्यालयअगाडडि जिल्ला भुमिअधिकार मञ्च रुपन्देहीको आयोजनामा पौष २ गतेदेखि शुरु भएको सुरक्षित बास सबैलाई, खेतीयोग्य जमीन जोतहा किसानलाई भन्ने नारासहित रुपन्देहीमा रहेका भूमि समस्या समाधान र भूमि अधिकारबाट बन्चितहरुको अनिश्चितकालीन धर्ना मंगलबार पनि जारी रह्यो । सरकारले देशका प्रत्येक नागरिकलाई गास, बास, कपासको ब्यवस्था गर्ने भनि बिभिन्न अन्र्तराष्ट्रिय अभिसन्धिहरुमा हस्ताक्षर गरे पनि भुमिअधिकारबाट बञ्चिचत सुकुम्वासी, भुमिहिन, अब्यवस्थित बासोबासी, उखडा पिडित आदिको भुमिअधिकारको सुनिश्चितताको लागी सरकारले केही नगरेको हुदा भुमिअधिकारको सुनिश्चितताको
लागी ध्यानाकर्षण गराउन पुष २ गते देखिमालपोत कार्यालय, सुकुम्वासी समस्या समाधान आयोग र जिल्ला वनकार्यालयमा अनिश्चितकालीन धर्ना कार्यक्रम गर्न बाध्य हुनु परेको आयोजक जिल्ला भुमिअधिकार मच रुपन्देहीले जनाएको छ ।
उनिहरु राती तथा दिउसो सम्बन्धित कार्यालयअगाडी नै खाना पकाई खाने तथा गणतान्त्रिक सभागृहमा सुत्ने गरेका छन । धर्ना कार्यक्रम चलेपनि दिउसो कार्यालय सचालनमा कुनै अवरोध नगर्ने आयोजकहरुले बताएका छन । जिल्ला भुमिअधिकार मञ्च रुपन्देहीको तथ्याड्ढअनुसार रुपन्देहीमा उखडा पिडित करिब ५ हजार, सुकुम्वासी
१८ हजार, हरुवा चरुवा १हजार र गाउँ ब्लक पिडित करिब ३० हजार रहेको जनाएको छ । उखडा जग्गा जोतहाको नाममादर्ता गर्नको लागी मालपोत कार्यालय प्रमुखलाई अधिकारी तोकिएकोल ेमालपोत कार्यालयले आरुनो कामकार्यवाही छिटोभन्दा छिटो अगाडी बढाओस । निशर्त रुपमा उखडा जग्गा जोतहाको नाममा दर्ता गरियोस,
सुकुम्वासी परिचय पत्र बितरण गरियोस लगायत बिभिन्न ६ बुदे माग राखी धर्ना कार्यक्रम शुरु गरिएको मञ्चका अध्यक्ष ओम प्रकाश बारीले  बताए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार