पश्चिमाचल ब्याडमिन्टन प्रतियोगितामा पोखरा प्रथम

३ पुष २०६९, मंगलवार २१:४९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही ३ पुस । बुटवल ब्याडमिन्टनक्लबको आयोजनामा बुटवलमा संचालित दोस्रो पश्चिमान्चल स्तरीयब्याडमिन्टन प्रतियोगितामा मंगलबारसम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न फाइनलखेलमा मेन्स डबलतर्फ पोखराका शम्भु श्रेष्ठ र नरबहादुर गुरुङको जोडी विजेता बनेका छन् । उनीहरुले पोखराकै विशाल हिराचन र लक्ष्मण श्रेष्ठको जोडीलाई २१–१८, २२–२४ र २१–१५ ले पराजित गरेका हुन् ।
यस्तै मेन्स सिंगलतर्फ पोखराकै भुगोल गुरुङ विजेता बने । उनले पाल्पाका बसन्त बज्राचार्यलाई २१–१७ र २१–११ को सोझो सेटमा पराजित गरे । यस्तै भेट्रान्स डबलमा बाग्लुंगका निर्माणकुमार बासु र राजेन्द्र शाक्यको जोडी विजेता बने । उनीहरुले हेटौंडाका बीके बोस र महेश श्रेष्ठको जोडीलाई २१–१८ र २१–१३ को सोझो सेटमा पराजित गरे । प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिपश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवलका वरिष्ठ प्रहरी उपरीक्षक कमल सिंह बम, आयोजक क्लबका अध्यक्ष श्यामबहादुर पुन, क्लबका उपाध्यक्ष इन्द्रलाल श्रेष्ठ, प्रतियोगिता संयोजक प्रतिक पोखरेल, मुख्य प्रायोजक जीप्पर क्लोथिंगका संचालक दीपक श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र गरेका थिए । मेन्स डबल र भेट्रान्सडबलका विजेताले ३० हजार रउपविजेताले २० हजारका दरले तथा मेन्स सिंगलका विजेताले २० र उपविजेताले १० हजार रुपैयां नगद प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को

काठमाडौं । चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा

काठमाडौं । फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । स्टार खेलाडी नेयमार

आजको प्रमुख समाचार