डनलाई ठग्ने ठग

३ पुष २०६९, मंगलवार २१:३६ मा प्रकाशित

काठमाडौं, ३ पुस । दीपक मनाङ्गेलाई चिन्ने अधिकांशले उनलाई एक चर्चित डनका रुपमा चिन्दछन् । यस्ता डनलाई पनि झुक्याएर रकम ठगेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, नवलपरासीका एक व्यक्तिले मनाङ्गेलाई ठगेर आफूलाई एक सातिर ठगका रुपमा उभ्याएका छन् । मनाङ्गेलाई ठगेर प्रहरी प्रशासनलाई पनि चकित तुल्याउने व्यक्ति हुन् प्युठानको तोखाङ्ग–६ चिसाबाङ्ग स्थायी ठेगाना भई नवलपरासी बस्दैआएका ईश्वप्रसाद पोखरेल । एमाओवादीका नेताको रुपमा ठगी गर्दै हिँड्ने पोखरेल यतिबेलाचाहिँ प्रहरी हिरासतमा परेका छन् ।
प्रहरीले जनाएअनुसार मोबाइलमार्फत् एमाओवादीका नेता लेखराज भट्ट बोलेको भन्दै पोखरेलले मनाङ्गेसँग रकमको माग गरेका थिए । सो कुरा पत्याएर तीन लाख मागेकोमा मनाङ्गेले साङ्गे शेर्पा नामक आफ्नो एक साथीमार्फत् कपिलबस्तुको गोरुसिंगेस्थित आईएमईमा एक लाख ५० हजार पठाई दिएका थिए । यसरी रकम पठाए पनि मनाङ्गेको मनमा त्यति ठूलो नेताले यसरी रकम नमाग्नुपर्ने भन्ने खुल्दुली जाग्यो र पछि भट्टलाई आफैले फोन गरेर रकम पठाइदिएको कुरा बताए । मनाङ्गेको कुरा सुनेर भट्ट जिल्ल परे । उनले आफूले कसैसँग रकम नमागेको प्रस्ट्याए । यसपछि भने डनले आफू ठगिएको चाल पाए ।
त्यसपछि त ठगलाई त्यसै छोड्ने कुरै आएन, कुनै हालतमा पनि पत्ता लगाएर कारबाही गराई छोड्ने मनस्थितिमा पुगे मनाङ्गे । ठग इश्वर पोखरेलबारे प्रहरीले जानकारी बटुल्यो र अन्ततः एक महिनाको कसरतपछि उनी कावासोतीको आफ्नै घरबाट पक्राउ परे ।
प्रहरीले जनाएअनुसार यसअघि पनि कहिले अग्नि सापकोटा भन्दै त कहिले नेत्रबहादुर चन्द र कहिले हिमाल शर्मा बोलेको भन्दै पोखरेलले विभिन्न व्यक्तिलाई ठगीसकेका छन् भने ठग पोखरेल पटक पटक प्रहरी हिरासतमा परेर धरौटीमा छुट्ने गरेको पनि पत्ता लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार