लुम्बिनी एक्स्पोको मुख्य प्रवेशद्वार मायादेवी मन्दिरको संरचनामा

३ पुष २०६९, मंगलवार १७:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ३ पुस । बुटवलमा आयोजना हुन लागेको लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा मायादेवी मन्दिरको संरचनामा आकर्षक मुख्य प्रवेशद्वार (गेट) निर्माण गरिएको छ । मेला अवलोकन गर्न आउने दर्शकलाई आकर्षण प्रदान गर्न यस्तो गेट बनाइएको हो । अन्तर्राष्ट्रिय मेला भएकाले मेलामा सहभागी हुन आउने विदेशी स्टलहरुलाई गेटबाटै आकर्षित गर्न मायादेवी मन्दिरको संरचनामा मुख्य प्रवेशद्वारा बनाइएको आयोजकको भनाई छ ।
काठमाडौंका इन्जिनियर ललित सिंखडाले प्रवेशद्वारको डिजाइन गर्नुभएको हो । गेटको लम्बाई ७० फिट र उचाई २५ फिट छ भने चौडाई २० फिट रहेको छ । “मायादेवी मन्दिरको पहिचानका लागि समेत यो गेट आकर्षक र उपयोगी हुनेछ”, सिंखडाले भन्नुभयो । मुख्य प्रवेशद्वारमा फोकस लाईटको व्यवस्था गरिएकाले रातिको समयमा पनि आकर्षक देखिने उहाँको भनाई छ । मायादेवी मन्दिरको संरचनामा गेट बनाइएकाले यसले बाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्ने सिंखडाले बताउनुभयो । लुम्बिनी एक्स्पोमा विगतका मेलाहरु भन्दा सचिवालय तथा स्टलहरुको संरचना पनि फरक बनाइएको छ । सचिवालय समेत मायादेवी मन्दिरकै संरचनामा बनाइएको छ भने स्टलहरुको छुट्टाछुट्टै पेभेलियन बनाइएको छ ।
लुम्बिनी एक्स्पोलाई अन्तर्राष्ट्रिय व्यापार मेला नाम दिइएकाले विगतका वर्षमा भन्दा फरक पहिचान झल्किने गरी संरचना तयार गरिएको मेला आयोजक मूल समितिका संयोजक एवं रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोखरेलले जानकारी दिनुभयो । मेलाको उद्देश्य पर्यटन प्रवद्र्धन पनि रहेकाले मायादेवीको मन्दिरसँग संरचनालाई जोडिएको उहाँले बताउनुभयो ।
“यही पुस ६ देखि १७ गतेसम्म आयोजना हुने मेलामा ३० वटा विदेशी स्टल रहनेछन् । उनीहरुका लागि फरक पहिचान दिनु जरुरी छ, यसको सुरुवात प्रवेशद्वारबाटै भएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।
यता, मेलामा आयोजकले अपेक्षा गरेभन्दा स्टल सहभागी बढ्ने देखिएको छ । मेला प्रचारप्रसार उपसमितिका संयोजक डिल्ली भण्डारीका अनुसार साढे पाँचसय स्टल सहभागी गराउने अपेक्षा गरिएकोमा करिव ६ सय स्टल पुग्ने भएका छन् । स्टल आउने क्रम जारी रहेकाले करिव ६ सय स्टल मेलामा सहभागी हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

आजको प्रमुख समाचार