दलित इजलासको माग

३ पुष २०६९, मंगलवार १७:१९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही ३ पुस । नेपाल उत्पीडित जातीयमुक्ति समाज रुपन्देहीले छुट्टै दलित इजालसको ब्यवस्था गर्न माग गरेको छ । मुक्ति समाजको रजत जयन्तीको अवसर पारेर बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जातीय छुवाछुतसम्बन्धी ऐन कार्यान्वयन नभएको बताउदै छुट्टै दलित इजलास स्थापना गर्न मुक्तिसमाजका अगुवाले माग गरेका हुन् ।
छुवाछुतलाई सामाजिक अपराधको रुपमा सवैधानिक ब्यवस्था गर्नुपर्ने बताउँदै श्रम शोषणविरुद्धको श्रमअदालतको समेत ब्यवस्था हुनुपर्ने माग गरिएको छ ।  दलित समुदायलाई राजनितिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा प्रगतिशील रुपान्तरणका लागि एकीकृत विकास प्याकेज ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । एक दलित
वस्ती एक सहकारी, एक परिवार एक रोजगारी, सपी कला र क्षमता विकासका लागि आय आर्जनमुलक तालिम, निशुल्क शिक्षाको ब्यवस्था, ९ प्रतिशत अनिवार्य दलित कर्मचारीको नियुक्तीको समाजले माग गरेको छ ।
समाजका रुपन्देही अध्यक्ष नन्दबहादुर खड्काथोकीले बैदिक कालदेखि दलित समुदायमाथि शोषण, दमन र विभेद भएको भन्दै विभिन्न समयमा भएकाऐन र कानुन कार्यान्वयन प्रभावकारी रुपमा लागु गर्न राज्यसंग माग गर्नुभयो । उहाँले १९९७ सालमा भगत सर्वजित विश्वकर्मा, गोल्छे सार्कीको नेतृत्वमा जाउ मच हुदै उत्पीडित मुक्ति समाजको गठन भएकाले २५ औं बर्षगाँठलाई रजतजयन्तीको रुपमा मनाउन लागिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो