१० करोडको कारोबार गर्दै लुम्बिनी पर्यटन महोत्सव तथा औद्योगिक व्यापार मेला सम्पन्न

३ पुष २०६९, मंगलवार १७:१६ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ३ पुस । सिद्धार्थनगर उद्योगवाणिज्य सङ्घको आयोजनामा मंसिर २१ गते देखि भैरहवामा सुरु भएको  लुम्बिनी पर्यटन महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेला १० करोडको कारोवार गर्दै सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै रुपन्देहीका जिल्ला न्यायाधिश बालेन्द्र रुपाखेतीले लुम्बिनीको विकासका लागिसकारात्मक संचार प्रवाहमा मेलाले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले कृषि र पर्यटनको विकासका लागि महोत्सव हुँदा लुम्बिनी विकास कोषले कुनै सहयोग नगरेको बताए ।

सोही अवसरमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्बोले मेलामा हेलिकोप्टरको प्रयोग गराएर विश्वका बौद्धमार्गीको ध्यानाकर्षण गराएकोप्रति आयोजकलाई धन्यवाद दिए ।  ‘भन्नेले जे पनि भन्छन् लुम्बिनीको विकासका लागि काम भइरहेको छ, लुम्बिनी गुरुयोजनाको ७० प्रतिशत काम पुरा भएको छ, उनले टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार