बम्जनकै आदेशमा एक विदेशीसहित दुई महिला ३ महिनादेखी बन्धक

१२ चैत्र २०६८, आईतवार १८:०७ मा प्रकाशित

बारा, १२ चैत । रामबहादुर बम्जनको संरक्षण गर्दै आएको बोधी श्रवण धर्म संघले दुई महिलालाई तिन महिनादेखी बन्धक बनाएर राखेको पाइएको छ । बम्जनको तपस्या भंग गर्न खोजेको भन्दै संघले स्लोभाकियाकी अन्दाजी ३५ बर्षकी मारिचि र सिन्धुपाल्चोक घर भएकी माता (आनी) नामकी महिलालाई बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराले दुई महिलालाई संघले बन्धक बनाएर राखेको भन्दै उजुरी परेको जनाएको छ । कार्यालयका प्रहरी निरिक्षक केपी शर्माले बम्जनको तपस्या स्थल भनिएको हलखोरिया जंगलमा दुई महिला बन्धक भएको उजुरी परेको र त्यस सम्बन्धमा अनुसन्धान भईरहेको जानकारी दिनुभयो । संघका सदस्यसहित केही व्यक्तिस बयान लिएको समेत उनले जानकारी दिए । बम्जनलाई अवरोध पु¥याउन खोजेकाले नियन्त्रणमा लिएको र १५ गते छाडिने बताएको संघका पदाधिकारीलाई उधृत गर्दै निरिक्षक केपी शर्माले बताउनुभयो । बम्जनको दर्शन गर्न भन्दै गत वर्षको जेठमा नेपाल आएकी मारिचि पुस १३ गते बुधबारदेखी बेपत्ता छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।