ट्रक समितिलाई बदनामगराउन खोजिएको आरोप

३ पुष २०६९, मंगलवार १७:०४ मा प्रकाशित

रुपन्देही, ३ पुस । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले सरकारसँग भएको सहमतिलाई तोडमोड गरेर समितिलाई बदनाम गराउन खोजिएको बताएको छ । समितिका अध्यक्ष गणेशप्रसाद पन्थ र महासचिव प्रतापबहादुर कार्कीले व्यवस्थापन कार्यलाई सिण्डीकेटको नाम दिएर बदनाम गराउने चेस्टा गरिएको भन्दै आपत्ति जनाए । समितिले आफ्ना सदस्य ट्रक सञ्चालनका लागि भ्रम फैलाउने काम गरेकोप्रति भएको गम्भीर ध्यानाकर्षण भएको जनाए ।
आवतजावतका लागि सडक मार्ग नै मुख्य मार्ग भएको हँदा त्यस जटिलतालाई बुझ्दै सामान ढुवानीका लागि प्रयोग हुने साधनहरुको सञ्चालनका लागि समिति गम्भीर रहँदा पनि व्यवस्थित गर्न राज्यले कुनै ठोस नीति बनाउन नसकेकोमा उनीहरुले आपत्ति जनाए । कसरी व्यवस्थित र सेवा विस्तार गर्न सकिन्छ भनेर निकै प्रयासहरु गर्दै आएको जानकारी गराउँदै उनीहरुले राज्यसंग ट्रक सञ्चालनका लागि ठोस नीतिको माग गरेको तर सुनुवाई नभएको जनाए । योजना, कार्यक्रम र आवश्यक्ताको पहिचान नै नगरी सवारी साधनहरुको आयातमा खुल्ला छुट दिइएको भन्दै समितिले छरिएर रहेका ढुवानीका सवारी साधनहरुले एक ठाउँमा राखेर व्यवस्थित बनाउने काम राज्यकै नीतिनियम भित्र बसेर गरिएको दावी पनि उनीहरुले गरे ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार