नेप्स उकालोतिर, ५ सयले नाघ्यो

३ पुष २०६९, मंगलवार १६:०२ मा प्रकाशित

काठमाडौं, ३ पुस । चालु आवमा सेयर बजार मापक नेप्से परिसूचक दोस्रोपटक पाँच सय अंकको सीमा पार गरेको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार बन्ने समाचार बाहिर आउन थालेपछि पुनः सेयर बजारले आइतबार पाँच सय अंकको सीमा पार गरेको हो ।

नेपालको बैंकिङ क्षेत्रको हालसम्मकै ठूलो सिभिल बैंकको प्राथमिक सेयर निष्काशनको कारण गत हप्ता केही अंक गिरावट भए पनि आइतबार नेप्से परिसूचक १२ दशमलव ११ विन्दुले बढेर पाँच सय ९ दशमलव शून्य ३ विन्दुमा पुगेको हो । दुई साताअघि पनि नेप्से एक दिनका लागि पाँच सय अंकमाथि पुगेर बन्द भएको थियो ।
‘प्रमुख राजनीतिक सहमति होला भनेर नै सेयर बजार बढेको हो,’ सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले भने । तुलनात्मक रूपमा नेपाली कांग्रेस सरकारमा रहँदा लगानीकर्ता सेयरबजारप्रति विश्वस्त हुने गरेका छन् । ‘सुशील कोइरालाको नेतृत्वमा सरकार बन्ने हल्लाले बजार एकै दिन दोहोरो अंकले बढेको हुनुपर्छ,’ उनले भने ।
बैंक तथा वित्तीय संस्थासँग यथेष्ट तरलता थुप्रिएपछि तिनीहरूले पनि सहज रूपमा सेयर कर्जा प्रवाह गर्न थालेका छन् । एक सेयर लगानीकर्ताका अनुसार ४० प्रतिशत नगद राख्दा अर्को ६० प्रतिशतसम्मको सेयर किन्न बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न थालेका छन् । कुनै कुनै वित्तीय संस्थाले त अझ ३० प्रतिशत मात्र नगद मार्जिन जम्मा गर्न लगाएर पनि धमाधम अधिविकर्षण प्रकृतिको सेयर कर्जा स्वीकृत गर्न थालेका छन् । विशेष गरी मनकामना विकास बैंक, सगरमाथा मर्चेन्ट फाइनान्स लिमिटेड, रिलायवल फाइनान्स, सिद्धार्थ बैंक, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसनजस्ता संस्थाले सेयर दलालको सिफारिसमा यस्ता कर्जा प्रदान गर्न थालेको लगानीकर्ता बताउँछन् ।
गत साता सिभिल बैंकको प्राथमिक सेयर निष्काशनमा व्यस्त लगानीकर्ता यस हप्ता भने पुनस् सेयरको दोस्रो बजारमा नै फर्केको छ । आइतबार होटल उपसमूहबाहेक सबै उपसमूहको समूहगत परिसूचकमा समेत वृद्धि भएको छ । कारोबार पनि आइतबार १५ करोड ३२ लाख रुपियाँ पुगेको छ । ७८ कम्पनीको सेयर कारोबार हुँदा एक हजार चार सय ५१ कारोबारमा तीन लाख ६१ हजार दुई सय ८२ कित्ता सेयरको कारोबार भएको छ । बजार पुँजीकरण चार खर्ब ८२ अर्ब ७८ करोड रुपियाँ पुगेको छ ।
। आइतबार १२ कम्पनीको सेयर मूल्य मात्रै तल झरेको छ भने ५४ कम्पनीको सेयर मूल्य बढ्यो । प्रतिशतका आधारमा सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा त्रिवेणी विकास बैंकको प्रवद्र्धक सेयर, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक र ग्रान्ड बैंक रहेका छन् । कुमारी बैंक, जनता बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंकको सेयर मूल्य पनि करिब ५ प्रतिशतले बढे ।
सिभिलको आइपिओबाट लगानीकर्ता फर्किएकै कारण बजारमा आइतबार खरिदबिक्री बढेको एक सेयर दलालले बताए । गत साता औसतमा पाँचरसात करोड रुपियाँमा मात्र कारोबार हुन थालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा