घट्यो राजस्व संकलन

३ पुष २०६९, मंगलवार १५:०४ मा प्रकाशित

राजविराज, ३ पुस । राजविराज भन्सार कार्यालयको राजस्य संकलन घटेको े छ । राजश्वका कार्यालय राजविराजका अनुसार ८५ प्रतिशतले घटेको हो । विगतका तुलनामा आयात–निर्यात कम भएको र कर संकलनलाई व्यवस्थित गर्न नसकिएका कारण राजस्व संकलन घटेको हो ।
नायव सुब्बा जितबहादुर राईका अनुसार मासिक ९० लाख राजश्व संकलनको लक्ष्य रहेको कार्यालयमा साउनदेखि कात्तिकसम्म प्रतिमहिना १० देखि १५ लाखका दरले मात्र राजस्व संकलन भइरहेको छ । विगतमा खाद्यान्न पैठारी र बालुवा गिट्टी निकासीले राजश्व संकलन बढी भए पनि हाल ती दुवैको निकासी–पैठारी बन्द रहेका कारण राजश्व संकलमा कमी आएको उनले बताए ।
अहिले व्यापारिक प्रयोजनका मालसमान पनि कम आउन थालेपछि राजस्व संकलन प्रभावित भएको राईले बताए । माओवादी जनयुद्धबाट सुरु भएका विभिन्नखाले आन्दोलनले कतिपय व्यापारी विस्थापित भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ । जिल्लाबाट निकासी हुने बालुवा, गिट्टी राष्ट्रिय स्तरबाट नै बन्द भएको र खाद्यान्न पैठारीको कार्य पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलको निर्देशनमा १ वर्षअघि मात्र बन्द गरिएका कारण राजश्व संकलनमा गिरावट आएको राईको भनाइ छ ।
जिल्लाका हनुमाननगर, बनैनीया, सुवर्णपट्टी, कोदरकट्टी, गोविन्दपुर र कुशाहा गरी ६ वटा नाकामा छोटी भन्सार रहेकामा अहिले गोविन्दपुर र कुशाहा गरी दुइटा मात्र छोटी भन्सार चालु छन् । जसले गर्दा पनि अहिलेको अवस्था सिर्जना भएको उनले बताए । द्वन्द्वकालमा हटाइएका छोटी भन्सारमध्ये चारवटा नाका हालसम्म पुनस्स्थापना हुन नसकेको राईको भनाइ छ ।
‘द्वन्द्वकालमा भन्सार हट्दा भन्सार तिरेर मात्र मालसमान ल्याउने सर्वसाधारणको बानीमा पनि कमी आयो,’ उनले भने, ‘पुनस्स्थापना भएका नाकामा पनि अहिलेसम्म त्यही सोचाइ कायम छ र आसपासका व्यापारीसमेत पलाएन भएपछि राजश्व संकलन प्रभावित हुन पुगेको हो ।’ अर्कोतर्फ भन्सारकै कर्मचारी र सीमा सुरक्षार्थ बसेका प्रहरीका कारण राजस्वमा कमी आएको स्थानीय बताउँछन् । कर्मचारी र प्रहरीले तस्करसँग महिनावारी असुल गर्ने र भन्सार नकाटी सामान छोडिदिने गरेका कारण राजश्व संकलन प्रभावित भएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार