तीन दलले मात्र गरेको निर्णय नमान्ने वैद्यको चेतावनी

३ पुष २०६९, मंगलवार १४:५२ मा प्रकाशित

कास्की, ३ पुस । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले तीन दलले मात्र गरेको निर्णय मान्य नहुने चेतावनी दिएका छन् । उनले आज पोखरामा गरिएको एक कार्यक्रममा भने तीन दलले गरेको निर्णयले मुलुकलाई निकास दिँदैन र त्यो हामीलाई मान्य पनि हुदैन ।
सबै पार्टी बसेर नगरेको निर्णय भएमा त्यो तानाशाही प्रवृत्ति हुने उनको भनाई थियो । चार वर्षसम्म छलफल र बहसमा गुज्रियो तर निकास आएन उनले भने, ‘असफल भइसकेका दलहरुबाट मुलुकले कुनै अपेक्षा गर्न सक्दैन ।’ तीन दलको छलफल र बहसले लोकतन्त्रको उपहास हुने काम सिवाय अरु केही नभएको बैद्यले आरोप लगाए । उनले तीन दलकै कारण संविधानसभाको निर्वाचन हुने संभावना समेत क्षीण भएर गएको बताए । बैद्यले राष्ट्रपतिले समेत तीन पार्टीलाई के को आधारमा समस्याको हल गर्न दिनु भयो त्यो स्पष्ट नभएको जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो