राष्ट्रपतिले सहमतिका लागि फेरी पाँच दिन थपे (म्याद थपको पूर्णपाठसहित)

३ पुष २०६९, मंगलवार १४:४४ मा प्रकाशित

काठमाडौं, ३ पुस । राष्ट्रिय सहमतिकालागि भन्दै राष्ट्रपति रामवरण यादवले फेरी म्याद थप गरेका छन् । यो पाँचौ पटकको म्याद थप हो ।

यसअघि थपिएको चार पटकको समय व्यर्थै खेर गए पनि राष्ट्रपतिले आज पुनः पाँच दिनको म्याद थप गरेका हुन् । चौथो पटक थपिएको म्याद हिजो नै सकिएको थियो । राष्ट्रपतिसँग आज बिहान भएको छलफलमा दलका नेताहरुले तीनदेखि पाँच दिन म्याद थप गर्न आग्रह गरेका थिए ।
ुराजनैतिक दलहरुको माग बमोजिम संवत् २०६९ साल पौष २ गते सोमबारका दिनसम्म समय थप गर्नु भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले फेरि पनि थप समय माग गरेको हुँदा, राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘माग बमोजिम संवत् २०६९ साल पौष ७ गते सम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।’
समयसीमा तोकेर चार पटकसम्म आहृवान गर्दासमेत दलहरुले सहमति कायम गर्न नसकेपछि मोर्चासहित तीन दलका शीर्ष नेतालाई मंगलबार बिहान शीतल निवासमा डाकेर राष्ट्रपतिले छलफल गरेका थिए ।
सहमतिका लागि नेतालाई मौखिकरुपमा आग्रह गर्दै आएका राष्ट्रपतिले मंसिर ८ गते लिखितरुपमा नै राष्ट्रिय सहमतिको सरकार गठनका लागि आहृवान गरेका थिए । यो बीचमा उनले चारपटक समयसीमा दिइसेका छन् । राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८९१० बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन मंसिर २८ गते चौथो पटक म्याद थपेका थिए । त्यसअघि मंसिर ७ र १४ गते सातरसात दिन र २२ गते ६ दिनको समय दिइएको थियो ।

विज्ञप्तीको पूर्णपाठ

सम्माननीय राष्ट्रपति डा।रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा ९१० बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम संवत् २०६९ साल पौष २ गते सोमबारका दिनसम्म समय थप गर्नु भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले फेरि पनि थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल पौष ७ गते शनिवारका दिनसम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,

हरिकुमार श्रेष्ठ

प्रवक्ता

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार