नाम मात्रको शान्ति क्षेत्र

३ पुष २०६९, मंगलवार १४:२१ मा प्रकाशित

नेपालगञ्ज, ३ पुस । सरकारले सामुदायिक विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपनि अझै नाम अनुसारको काम भएको छैन ।
नेपाल पत्रकार महासंघ मध्यपश्चिम क्षेत्रीय समन्वय समितिले मध्यपश्चिमका बाँके, बर्दिया र सुर्खेतमा हालै गरेको सर्वेक्षणमा अधिकांश विद्यालयमा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा नपुगेको पाइएको हो ।
बर्दियाका ९४, बाँकेका ८० र सुर्खेतका ९९ प्रतिशत विद्यालयमा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा पुगेको छैन । विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दल, जिल्ला शिक्षा कार्यालय गरी १६२ समूहमा छलफल गरेर निश्कर्ष निकालेको महासङ्घले जनाएको छ । आज नेपालगञ्जमा सर्वेक्षण सार्वजनिक गर्दै महासंघका केन्द्रीय सदस्य एवं क्षेत्रीय संयोजक सुर्यमणि गौतमले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन हुन नसकेको बताउनुभयो । कार्यक्रममा वालवालिकाको क्षेत्रमा कलम चलाएबापत बाँके, सुर्खेत र बर्दियाका ६ जना पत्रकारलाई पुरस्कृत र ८ जनालाई लेखनवृत्ति प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र