केयुकेएलमा अध्यक्ष नियुक्तिको कुरालाई अतिरञ्जित नबनाउन प्रधानमन्त्रीको आग्रह

३ पुष २०६९, मंगलवार १४:१६ मा प्रकाशित

काठमाडौ, ३ पुस । प्रधामन्त्री डा. बाबुराम भट्टराईले केयुकेएलमा अध्यक्ष नियुक्तिको कुरालाई अतिरञ्जित नबनाउन प्रधानमन्त्रीको आग्रह गरेका छन् । आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले कानुनी र प्रक्रियागत रुपमै तिमिला यमी थापालाई अध्यक्ष चयन गरेको दावी गरे ।
केयुकेएलको सञ्चालक निकाय काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले तिमिलाको नियुक्तिमा पारिवारिक र नातावादको कुरा जोडिएको भन्दै दुःख व्यक्त गरे । तिमिला यमीलाई अर्को व्यवस्था नभएसम्मका केयुकेएलको अध्यक्षको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको भनाई थियो ।
शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले प्रक्रिया पुर्‍याएर कानुनी रुपमा समिति गठन गरी यमीलाई मन्त्रालयको प्रतिनिधीका रुपमा अध्यक्ष तोकिएको बताए । यसअघिका अध्यक्ष तथा स्वतन्त्र सञ्चालक प्रयागलाल जोशीलाई पदबाट हटाएर प्रधानमन्त्रीकी पत्नी हिसिला यमीकी दिदी तिमिलालाई नियुक्त गरेपछि आलोचना बढेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार