सहमतिका लागि फेरी म्याद थप्ने तयारी

३ पुष २०६९, मंगलवार ११:३८ मा प्रकाशित

काठमाडौ, ३ पुस । राष्ट्रिय सहमति जुटाउनको लागि मुख्य दलका शीर्ष नेताबीच फेरी म्याद थप्न सिफारिस गरेका छन् । उनीहरुले राष्ट्रपति डा. रामवरण यादवसँग थप ३ देखि ५ दिनको समय थपन सिफारिस गरेका हुन् ।
चौथो पटकको समयसीमामा पनि सहमति जुट्न नसकेपछि आज विहान बिहान शितल निवास पुगेका नेताहरुले फेरि म्याद थप्न आग्रह गरेका हुन् ।
सहमतिको लागि पहल भैरहेको र अझै केही विषय टुंग्याउन बाँकी रहेकाले राष्ट्रपतिसँग ३ देखि ५ दिनको समय थप्न आग्रह गरिएको छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।
छलफलमा राष्ट्रपति यादवले छिटो सहमति जुट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएका थिए । म्याद थप्ने या नथप्नेबारे राष्ट्रपतिले बेलुकीसम्म निर्णय गर्ने सितल निवास स्रोतले जनाएको छ । राष्ट्रपति यादवले दलहरुलाई सहमतिको सरकार गठनका लागि गएको मंसिर ८ गते पहिलो पटक, मंसिर १४ गते दोश्रो पटक र २२ गते तेस्रो पटक समयसीमा तोक्नुभएको थियो । चौथोपटक मंसिर २८ गते ५ दिनका लागि दिएको म्याद पनि सोमबार सकिएको छ ।
राष्ट्रपतिसँगको छलफलपछि मधेसी मोर्चाका नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले अहिलेसम्म सहमति भएको भन्ने विषयमा मोर्चासँग छलफल नभएको भन्दै असन्तुष्टी जनाए । मोर्चालाई सहभागी नगराई हुने निर्णय मान्य नहुने पनि उहाँले बताए ।
प्रधानमन्त्रीले सोमबार शान्ति प्रक्रियाको टुंगो, संवैधानिक निकायमा नियुक्ति, आयोगहरु गठन गर्ने, संविधान संशोधन र बैशाखमा चुनावको मितिमा सहमति गरेपछि केही समय यही सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार