बन्द भयो मनाङका विद्यालय

३ पुष २०६९, मंगलवार ११:०३ मा प्रकाशित

लमजुङ, ३ पुस । हिमालपारिका जिल्ला मनाङमा चिसोका कारण सवै विद्यालय बन्द भएका छन् । छिट्टै चिसो बढेपछि गत वर्ष भन्दा यस वर्ष चाँडै वार्षिक परीक्षा सिध्याएर विद्यालयहरु बन्द गरिएको हो ।
सबै विद्यालयको बार्षिक परीक्षा सकिएको र जाडो समेत बढेकाले विद्यालयहरु बन्द भएको मनाङका जिल्ला शिक्षा अधिकारी शोभाकुमारी अधिकारीले जानकारी दिए ।
परीक्षा सिध्याएर शिक्षकहरु आ–आफ्नो घर हिडिसकेका छन् भने विद्यालयमा तालाचाबी लगाइएको स्थानीय वासिन्दाले वताएका छन् ।
शिक्षा नियमावलीमा साढे १ महिना अर्थात ५० दिन जाडो विदा दिने ब्यवस्था भएपनि नार र फू उपत्यकासहित माथिल्लो मनाङमा चैत १ गतेदेखि मात्रै विद्यालय खुल्ने भएको छ । यस्तै, तल्लो मनाङमा फागुन १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको छ ।
बाह्रै महिना हिउँ जम्ने भएकाले माथिल्लो मनाङका केही विद्यालयहरुमा मुश्किलले ६ महिनामात्रै पढाई हुन्छ । शिक्षकहरु टाढाका भएकाले उनीहरु घर आउने जाने गर्दा अन्य समयमा पनि प्रभावित हुँदै आएको छ ।
१३ गाविस रहेको मनाङमा २ वटा उच्च मावि, २ वटा माध्यमिक, ७ वटा निमावि, १४ वटा प्रावि र एक नीजि स्कुल छन् । जाडो बढेपछि सरकारी कर्मचारीहरुले समेत गाउँ छाडेका छन् भने सदरमुकाममा भएका कर्मचारीहरु पनि गाउँ जान छाडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार