पारशमाथि खतरा कोबाट ?

३ पुष २०६९, मंगलवार १०:२६ मा प्रकाशित

काठमाडौं, ३ पुस । थाइल्याण्डका लागि नेपाली दूतावासमा आफ्नो जिउधनको सुरक्षा गरिपाउँ भन्दै पूर्वयुवराज पारस शाहले निवेदन दर्ता गराएपछि बैंककमा व्यक्तिगत जीवन बिताउँदै आएका शाहमाथि कोबाट कि खतरा निम्तियो भन्ने सवाल यतिबेला चौतर्फी उठ्न पुगेको छ । सुरक्षाका लागि अपिल गरेका छन् ।
१४ डिसेम्बरको मितिमा बैंककस्थित नेपाली दूतावासमा दर्ता गरिएको दर्ता नंबर १४ २०६९ रहेको पारशको अपिलपत्रमा व्यक्तिगत बसाइको क्रममा केही समय अगाडिदेखि नैआफूमाथि विभिन्न बहानामा अनेक प्रकृतिका लान्छना तथा मानसिक यातनासहित आर्थिक शोषणदेखि ज्यानमार्नेसम्मको धम्की आएको उल्लेख गरिएको छ ।
सुरक्षाका दृष्टिले आफू नाजुक अवस्थामा पुगेको आफ्ना निकटजनहरुसँग केही समयअघिदेखि नै पूर्वयुवराज पारशले बताउँदै आएका एक विश्वस्त सुत्रको कथन छ । परिस्थितिले अत्यन्त गम्भीर रुप लिन थालेपछि नै उनले दूतावासमार्फत सुरक्षार्थ कुटनीतिक पहल गरिदिन अपिल गरेका हुनसक्ने श्रोतको भनाइ छ ।
उनले भारतीय मूलका जस्ता देखिने व्यक्तिहरु आफ्नालागि खतरा बन्न पुगेको उल्लेख गरेका छन् । आखिर ती व्यक्ति को हुन् ? के छिमेकी मुलुकले नै पारशमाथि कुनै षडयन्त्र गरेको हुन सक्छ ? हो भने पारशजस्ता व्यक्तिबाट त्यस्तो खतरा के हुन पुग्यो र उनको ज्यानमाथि नै धावा बोल्ने अवस्था आइपर्यो ? यो निकै अहम प्रश्न बन्न पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार