राष्ट्रपतिले दिए निर्वाचन तयारीको आदेश, दलहरु पुनः म्याद माग्न शितल निवासमा

३ पुष २०६९, मंगलवार ०९:३२ मा प्रकाशित

काठमाडौं, ३ पुस । पटक पटक अन्तिम पटकका लागि भन्दै राष्ट्रपतिसँग म्याद माग्दै आएका प्रमुख राजनीतिक दलका शीर्षनेताहरु बिहानै राष्ट्रपति निवास शितल निवास पुगेका छन् । सहमतिको ढोका खुल्नै लागेको भन्दै थप तीन दिनको समय माग्ने सोच नेताहरुले बनाएको बुझिएको छ । यसरी कुनै अपठ्यारो नमानी राष्ट्रपतिकहाँ म्याद माग्न जानेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता विजय गच्छदार रहेको शितलनिवास सुत्रले जनाएको छ ।
राष्ट्रपति र दलका नेताहरुबीच परामर्श चलिरहेको र राष्ट्रपतिले निकै असहज महसुस गरिरहेको पनि बताइएको छ । आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएर निर्वाचनको तयारी गर्न निर्देशन दिएका राष्ट्रपति दलहरुको ढिलासुस्तीबाट आजित बनेका छन् । दलहरुको सुस्तता र उदासीका बीच राष्ट्रपतिले बैशाखमै निर्वाचन गर्न व्यवस्था मिलाउने आदेश कसरी किन दिएका हुन् भन्ने विषयचाहिँ कौतुहलमै रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको