…अनि म बेश्या बनें -सुरज अर्याल

३ पुष २०६९, मंगलवार ०५:३७ मा प्रकाशित

नेपालबाट निकै पर, अस्ट्रेलिया को एउटा व्यस्त शहर- मेलबर्न | त्यहि व्यस्त शहरको ५२१ एलिजाबेथ स्ट्रीटसंगै रहेको एउटा ब्यस्त कफी शप र त्यही कफी शपको स्मोकिंग जोन | जहाँ मैले मेरो कथाकी मुख्य पात्र कोहिनूर लाइ पहिलो पटक भेटेको थिएँ |

– “एक्स्युज मी ! मे आइ सिट हेयर ?” म संगैको खालि मेच देखाउँदै उस्ले सोधेकी थिइ |

– “एस, अफ कोर्स !” ल्यापटप सहितको ब्याग नजिकैको मेचबाट उठाएर आफ्नो काखमा लिंदै मैले भनेको थिएँ | त्यस्तै २४-२५ बर्षकी जस्तै देखिने उ सायद त्यहि उमेरकै थिइ | ठुलो निधार, पुष्ट छाति अनि बारुली छिनेको कम्मर, निकै राम्री, सलक्क परेकी | सेतो ब्याकग्राउण्डमा हलुका निलो बुट्टा भएको वन पिसमा अत्यन्तै सुहाएकी थिइ उ | त्यसमाथि एसियन जस्तै देखिने उसलाई पहिलो पटक देख्दा नै थुक निलेको थिएँ मैले | “मे आइ ह्याब योर अर्डर प्लिज?” वेटरले मेनु लिएर आइ अगाडी उभिंदा पो झसङ्ग भएँ | “एन अमेरिकन क्यापाचिनो एण्ड अ सिन्नामन रोल प्लिज” मैले मेरो अर्डर गरें | “क्यान आइ ह्याब अ सिगरेट फर्स्ट?” संगै एउटा सिगरेट मगाएँ र त्यहीं अगाडी टेबलमा राखिएको “द डेली मेल” नामक अंग्रेजी पत्रिका लिएर हेर्न थालें | वेटरले उसको पनि अर्डर लियो र अर्को टेबल तिर लाग्यो | सायद, उसले पनि कफी नै मगाएकी थिई |

– “फक दिज युनिभर्सिटीज एण्ड देयर पोलिसिज !” द न्यु योर्क टाइम्स पत्रिका को पहिलो पृष्ठमा बिशेष महत्वका साथ छापिएको एक ‘प्रतिष्ठित विश्व-बिधालयलाइ बिदेशी बिध्यार्थी भर्ना तथा स्पोन्सरमा बेलायती सरकार द्वारा रोक’ व्यहोराको समाचार म तिर देखाउँदै भनेकी थिइ उसले | “व्हाट?” उसको हातबाट पत्रिका लिंदै मैले समाचार पढ्न थालें | उसले भने मेरो प्रतिक्रियाको कुनै वास्ता नै नगरी आफ्नो ब्यागबाट मोबाइल निकालेर कसैलाई फोन गरेकी थिई तुरुन्तै “ओई, तैंले थाहा पाईस, लन्डन मेट्रोपोलिटन युनिर्भिसिटीलाइ पनि युकेबिए ले ब्ल्याक लिस्टमा राखेछ” निकै हतास मनस्थितिमा देखिएकी थिइ उ त्यो बखत | त्यो भन्दा बढी त म पो आतिएको थिएँ | मैले सोचेको पनि थिइन त्यो केटि नेपालि हो वा त्यति प्रष्टसंग नेपालि बोल्न सक्छे भन्ने कुरा | उसले के बोलि र को संग बोलि भन्दा पनि उसले नेपाली बोलि भन्ने कुरा नै ठुलो थियो मेरो लागि त्यो बखत | “सर, योर सिगरेट” वेटरले चुरोट ल्याएर टेबलमा राख्यो, “एण्ड म्याम हेयर इज योर्स” र बाँकी एउटा चुरोट सहितको एस्ट्रे उसको अगाडी छोडेर गयो | मलाइ त्यतिबेला मात्र थाहा भयो कि उसले पनि चुरोट मगाएकी रहिछे, कफी संगै | मैले नजिकै रहेको लाइटर समातें, चुरोट सल्काएँ र एउटा लामो सर्को तानें | उ अझै फोन मा नै थिइ अर्थात उ आफ्नै कुरामा मस्त थिइ, तर निकै आतिएकी जस्ती देखिन्थी | कुरा गर्दै-गर्दा उसले म तिर हेरी पुलुक्क र मुसुक्क हांसी | प्रत्युत्तरमा मुस्काइदिएँ म पनि | हाम्रो अर्डर अर्थात कफी पनि आइपुग्यो | उसको फोन बार्ता पनि सकिएको थियो त्यतिन्जेल | “आर यु फ्रम नेपाल?” उसले नेपाली बोलेको सुनेरै पनि मैले अंग्रेजीमा प्रश्न गरें |

– “हजुर, र तपाईं पनि सायद?” उसले मेरो प्रश्नको उत्तर संगै आफ्नो पनि प्रश्न राखी, नेपालीमै |

– “हजुर, म पनि नेपाली नै हुँ, करिब २ बर्ष अघि देखि यहीं छु, अनि तपाईं?” मैले आफ्नो बारेमा भनें

– “ए हो? म त भर्खर १० महिना जति भो आएको” हातमा खेलाउँदै गरेको चुरोट आफ्ना दुवै ओठले

च्यापेर सल्काउनु भन्दा अगाडी उसले भनि | संगै थपिहाली “बाइ द वे, नेपालमा कहाँ हो हजुरको घर?”

– “वेस्टर्न नेपाल, पोखरा | एण्ड योर्स?” मैले प्रश्न गरें

– “वाउ !!! नाइस प्लेस पोखरा, एण्ड आइ एम फ्रम नुवाकोट | यु नो व्हेयर इट इज?” उसले आफ्नो

बारेमा भन्दै गर्दा मेरो जन्मठाउँको पनि प्रसंशा गर्न भ्याइसकेकी थिई र संगै मलाइ सोधेकी थिइ आफ्नो जन्मथलोको बारेमा पनि | चुरोट तान्दै गर्दा उसलाई नियालिरहेको थिएँ मैले | सिकारु नै रहिछे क्यारे, चुरोटको धुवाँ भित्र निल्नु सट्टा केहीबेर मुखमै राखेर फुर्र फाल्दीरहिछे ओंठबाट, मुख अलिक बंग्याएर | उसलाई चुरोट तान्दै गरेको त्यति सुहाएको जस्तो लागेन तरपनि केहि बोलिन म | चुरोट को कुनै प्रसंग नै ननिकाली मैले आफुलाइ थाहा भएसम्मको कुरा भनेको थिएँ उसलाई उसको जन्मथलोको बारेमा | पोखरा पनि पुगेकी रहिछे १-२ पटक त्यसैले धेरैथोरै जानकारी राख्दि रहिछे पोखराको बारेमा पनि |

लगभग आधा घण्टा जतिको बसाइमा धेरै कुरा गर्न भ्याएका थियौं हामीले त्यो दिन | नुवाकोट पुर्ख्यौली घर भएपनि परिवार अर्थात बुबा आमा र एउटा भाइ काठमाडौँमा रहेछन, मध्यम बर्गको परिवार | काठमाडौँको नाम चलेको व्यापारिक घराना अन्तर्गतको कुनै एउटा विभागमा काम गर्ने रहेछन उसको बाबुले र त्यसैको बलबुतामा काठमाडौँमा टिकिरहेका रहेछन उनीहरु | लाजिम्पाटस्थित प्रख्यात कलेजबाट “ए लेभल” पास गरेर उच्चशिक्षाको लागि १० महिना अघि अस्ट्रेलिया उडेकी रहिछे बिचरी | भन्दैथिई मैले सोचेको जस्तो सजिलो रहेनछ अस्ट्रेलिया र सुनेको जति रमाइलो पनि |

– “वाई द वे, आइ एम कोहिनूर, कोहिनूर शर्मा” पिउँदै गरेको कफिको कप टेबलमा राख्ने बित्तिकै उठेर म तिर हात बढाउँदै भनेकी थिई उसले |

– “शास्वत, शास्वत सुबेदी” उसले म तिर बढाइरहेको हात दह्रोसंग समाउँदै भनेको थिएँ मैले |

– “ओह एस, बट आइ ह्याब टु गो नाउ, नाइस टु मीट यु, होप टु सी यु अगेन” यति भनिसकेर मैले

केहि भन्नु भन्दा अगाडी नै आफ्नो ब्याग उठाएर सरासर हिंडेकी थिई उ | कोहिनूर संगको मेरो पहिलो भेट त्यतिमै सकिएको थियो |

अस्ट्रेलिया जस्तो सम्पन्न देश अनि त्यहींको एउटा अत्यन्तै व्यस्त शहर, कसलाई पो फुर्सद हुन्थ्यो होला र यो परदेशमा अरु कसैको बारेमा सोचिरहने ? कहीं कतै बाटोमा कोहि भेटियो र छुट्यो भने उ छुट्यो जहाँको त्यहीं नै, कसैलाई फुर्सद हुँदैनथ्यो सम्झिरहने उसलाई | मैले पनि बिर्सिसकेको थिएँ कोहिनूरलाइ | जुनदिन उ म संग भेटिएर छुटीई त्यहि दिनदेखि नै मैले बिर्सिसकेको थिएँ उसलाई | बिहान देखि साँझ सम्म आफ्नै लागि सोच्ने फुर्सद त नहुने गरि ब्यस्त भइने यो देशमा कसरि अरु कसैलाई सम्झीरहनु ?

– “हेल्लो, हाउ आर यु?” करिब एक साता जति पछिको एक साँझ फेरी त्यहि कफी शपमा झुल्किएकी थिई उ | टाढैबाट मलाई देख्नासाथ हात हल्लाउँदै आएकी थिई म भएकै टेबलमा र पहिलेझैं कफी र चुरोट नै मगाएकी थिई त्यो दिन पनि पहिलेको जस्तै | लाग्थ्यो उ पनि म जस्तै कफी को पारखी नै थिइ | र चुरोट? त्यो भने उसैलाई थाहा होला |

– “सो, हाउ ह्याब यु बिन?” उ आउनु भन्दा अगाडी नै ल्याइराखेको चुरोटको बट्टा उ तिर तेर्स्याउँदै

भनेको थिएँ मैले | “क्वाइट गुड, एण्ड यु?” मेरो हातको बट्टाबाट एक खिल्ली चुरोट लिएर सल्काउँदै भनि | त्यो दिन सायद उ फ्री नै थिइ र फ्रेश पनि | पहिलोपटक भेटेको भन्दा अझै राम्री देखिएकी थिई उ त्यसदिन | लिभाइज जिन्सको कालो टाइट पेन्ट र होलिस्टर ब्रान्डको टिपीक्क टाँसिएको सेतो टि-शर्टमा निकै कामुक देखिएकी थिई | त्यो साँझ अलि लामै समय बितायौं हामीले त्यहि कफी शपमा | आ-आफ्नै कथा र ब्यथा बोकेर विभिन्न बहानामा परदेशिएका हामि, त्यो पनि एउटा यस्तो देशमा जहाँ कुनै भारतीय अथवा पाकिस्तानी भेटिंदा त कताकता अपनत्व जाग्थ्यो भने उ त झन नेपालि नै थिई अनि कसरि नबढोस अपनत्व ? आफ्नो देशभन्दा टाढा रहेर पनि निकै राम्रो नेटवर्क बनाउन सफल भएकी जस्तो लाग्ने गरि उसको फोन प्रत्येक १५-२० मिनटमा बजिरहन्थ्यो, कुनै व्यापारीको जस्तै | कुनै न कुनै बहानामा उम्किरहन्थी उ प्रत्येक फोनहरु बाट | धेरैसँग झुटो बोलि | भनिरहेकी थिइ कि उ अत्यन्तै बिजी छे आज भ्याउँदिन कसैलाई पनि समय दिन | एउटा महत्वपूर्ण कुरा उसको बारेमा, ‘खुला बिचार भएकी र स्वतन्त्र रहन चाहने’ युबती भन्नु कि के त्यो मलाइ थाहा छैन | तर हाम्रो समाजमा अलि असभ्य नै मानिने “फक” “यास” जस्ता शब्दहरु उसका हरेक वाक्यमा जोडिएका थिए फोनमा कुरा गरिरहँदा त्यो पनि अलिक अस्वाभाबिक र आवश्यकता भन्दा बढी | यस्तो लाग्थ्यो कि उ त्यहि समाजमा जन्मेर हुर्केकी एक्काइसौं शताब्दीकी युबती थिई र उसको लागि “फक यु”, “फक मी” र “ब्लडी बिच” जस्ता शब्दहरु सामान्य हुन | तर उसको बास्तबिकता त मलाइ मात्र न थाहा थियो कि उ एउटा गरिब देश नेपालकी सामान्य परिवारमा जन्मेर हुर्केकी युबती थिई र अहिले देशभन्दा निकै टाढाको कुनै क्याफेमा बसेर तातो कफी र चुरोट पिउँदै थिइ निश्फिक्रिसंग |

“कफी कफी” नामक त्यो कफी शप मेरो अत्यन्त प्यारो ठाउँ मध्येको एक थियो र म त्यहाँको नियमित ग्राहक | नियमित यस मानेमा कि म सम्भव भएसम्म हरेक दिन जस्तो पुग्ने गर्थें त्यहाँ | किन किन रमालो लाग्थ्यो त्यो ठाउँ मलाइ, अनि अत्यन्तै मिठो लाग्दथ्यो त्यहाको कफी | म त्यहाँ बसेर कफी पिउँदै दरबारमार्गको कुनै एउटा कफि शपको कल्पना गर्न सक्थें र रमाउन सक्थें लगभग उस्तै बाटो र त्यहाँ गुड्ने सवारी हेरेर | सबैभन्दा रमाइलो त अझै त्यो बेला लाग्थ्यो जब म हातमा चुरोटको खिल्ली समातेर मिठो सुगन्ध सहित तातो बाफ उडेको कफी पिउँदै कुनै नाम चलेको लेखक को उपन्यास पढ्ने गर्थें | मलाइ साँच्चिकै दरबारमार्गको झझल्को मेटाइदिएको थियो त्यो कफी शपले, त्यहाँ र दरबारमार्गमा फरक थियो त त्यहाँका घरहरुको बनावटमा थियो, सडकमा गुड्ने सवारीहरुमा थियो र सबैभन्दा ठुलो फरक त साँच्चिकै यो दरबारमार्ग थिएन |

मेरो त्यहि दैनिकि मध्येको एक साँझ र त्यो साँझलाई अझै मादक बनाइदिएको थियो उसको त्यो उपस्थितिले | घाम डुब्दै गरेको साँझको समय, चुरोट, म, कफी अनि उ, अर्थात कोहिनूर र अझै मैले पढिरहेको अंग्रेजी उपन्यास “इट, प्रे, लभ” | साँच्चिकै समय कहिलेकाहीं नसोचेरै सपना जस्तै बनिदिन्छ | मैले भर्खरै किशोरावस्थामा प्रवेश गर्दाताका देख्ने सपनाहरु मध्येको एउटा सपना | जस्तो कि कुनै पनि डर त्रास बिनाको बाताबरण, संगै एउटी राम्री युबती अनि म र मलाइ अत्यन्तै मन पर्ने चिज, कफी | चुरोट त मैले निकै पछी सुरु गरेको थिएँ, त्यतिबेला नै मैले चुरोट पिउने गर्दो हुँ त चुरोट पनि थपिने थियो सायद मैले देख्ने गरेको सपनाहरुमा | एउटा भनाइ छ नि सपना नै नदेख्नु भन्दा सपना देख्ने गरेको राम्रो हो | सायद भन्नेहरु गलत थिएनन र त मैले आफुले देख्ने गरेको सपना आज बिपना भएको थियो | त्यो दिन हामीबीचमा केहि कुराको कमि थियो त हाम्रो सामिप्यता |

– “तपाईं नजिकै बस्नुहुन्छ हो?” सायद मलाइ निस्कने हतार नभएको देखेर सोधेकी थिइ उसले |

– “हजुर, यहीं नजिकै बस्छौं हामि, क्याफे भिक्टोरियाको नजिकै अपोजिट साइडमा छ हाम्रो अपार्टमेन्ट” मैले उसको कुराको जवाफ दिंदै सोधेथें “अनि तपाईं कहाँ बस्नुहुन्छ त यहाँ ?”

– “म पनि नजिकै हो, यहि क्याफेको पछाडिपट्टी, ‘सुजुकी नाइट मार्केट’ संगै” उसले जवाफ दिई |

त्यसपछी हामि दुवै ढुक्क संग कुराकानी गर्न थाल्यौं | धेरैजसो समय नेपाल र नेपालीको कुरा गरेर नै बित्यो | जहाँ गएपनि देश कसलाई प्यारो हुँदैन होला र ? माटोको माया कसलाई पो नलाग्दो होला र ? मान्छेहरुले त्यसै भनेका रहेनछन ‘देश कति प्यारो हुन्छ भन्ने बुझ्न देश छोडेर बिदेशिनु पर्छ’ भनेर | राजनीति, ब्यापार, ब्यबसाय र अन्ततः बिदेशिनुपर्दाको पीडा सबै, सबै कुरा हरु गर्न भ्याएका थियौं हामीले |

– “तपाईं वाइन लिनुहुन्छ नि ?” नजिकैको टेबलमा अर्डर लिंदै गरेको वेटरलाई इशारा गरेर बोलाउँदै सोधेकी थिई उसले मलाइ |

– “यदि तपाईं चाहनुहुन्छ भनें” मैले कुटनीतिक जवाफ फर्काएको थिएँ उसलाई |

वेटरलाई एउटा फ्रेन्च रेड वाइन र एक सेट स्ट्रोंग चिज अर्डर गरिसकेपछि एउटा चुरोट सल्काउँदै सोधेकी थिइ उसले “साँच्ची तपाइँ पढ्नुको अलावा अरु पनि त केहि गर्नुहुन्छ होला?”

– “हजुर म काम पनि गर्दै छु एउटा पाकिस्तानीको स्टोरमा तर अब शिफ्ट गर्ने कि भनेर सोच्दै छु

त्योपनि” मैले आफुले गर्ने कामको साथसाथै भविष्यको योजना पनि सुनाएथें उसलाई एकैपटक र सोधेथें उसको बारेमा “अनि तपाईं के गर्दै हुनुहुन्छ त?”

“सर, हेयर इज योर अर्डर” वेटरले भङ्ग गराईदिएको थियो हामीबीचको कुराकानीलाई | वेटरले वाइनको बोतल खोलेर ग्लास मा राखिदिएर गयो | मैले फेरी एउटा चुरोट सल्काएं, वाइनको ग्लास उठाएँ अनि उसको हातमा रहेको ग्लासमा मेरो हातको ग्लास ठोक्दै भनें “चियर्स !!! फर यु एण्ड आवर फ्रेन्डशिप” | “यु टू एण्ड होप दिस फ्रेन्डशिप विल रिमेन फरेभर” उसले भनि र बिस्तारै वाइनको गिलासलाई आफ्ना गुलाबी ओठको आड लगाउँदै एक घुट्की घुटुक्क पारि |

– “एक्स्युज मी ! सरि आइ ह्याब टु गो, इट्स एन अर्जेन्ट” टेबलमा रहेको उसको मोबाइल बज्नासाथ यति भन्दै बजिरहेको फोन हातमा समातेर निस्किई उ | बिनाकुनै औपचारिक बिदाइ अनि पिउँदापिउँदै छाडेर बाहिरिनुपरेकोमा कुनै क्षमा पनि नमागी सरासर उ त्यो क्याफेबाट निस्किएर बाटो काटी | म अवाक उसैलाई हेरिरहेको थिएँ, बाटो पारि पुगेर एकपटक म भए तिर हेरी, एकपटक ‘बाइ’ भनेको शैलीमा हात हल्लाई अनि सरासर आफ्नो बाटो लागि | मैले केहि सोच्ने सकिन कि के भयो र किन उठेर हिंडी उ ? आँखाबाट ओझेल नपरुन्जेल हेरिरहें उ गएको बाटोतिर नै, टाढा पुगेर उ कतै भिडमा हराएपछि बल्ल आफ्नो टेबलमा हेरें | उसले पिउँदै गरेको चुरोट समेत ननिभाई एस्ट्रेमा राखेर छोडेकी रहिछ | त्यहि चुरोटबाट अझैपनि धुवाँ उडीहेको थियो… आकाशतिर |

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार