प्रेमको परिभाषा -शर्मिला खड्का (दाहाल)

३ पुष २०६९, मंगलवार ०५:३५ मा प्रकाशित

अमर ! धेरै दिनदेखि घुम्मिएको आकाश आज उघ्रेको छ – मेरो मनजस्तै । अहिले म सम्झँदै छु – यस्तै उघ्रेको दिन तिमी र म तराई जाने तयारीमा थियौँ । अहिले पनि त्यो बेलाको जस्तै मेरा श्रीमान् मलाई जाउलो खान कर गरिरहेका छन् । तर मलाई खान मन छैन । मे वेडरेस्टमा छु । मेरा श्रीमान् मेरो सेवामा तल्लीन छन् । कति माया गर्छन उनी मलाई । मैले उनको मायाको परिभाषा बुझ्न सकेको भए मेरो यो हविगत भएर ओछ्यानमा सुतिरहेको हुनुपर्ने थिएन । यस्तै अवस्थामा विगतका यादहरु तरङ्गित बनेर स्मृतिपटल छाइरहँदो रहेछ । अरू बेला त दसदेखि चार बजेसम्म बन्धनमा बाँधिएको जीवन । मस्तिष्कले यो उन्मुक्ति कहाँ पाउनु र ? यति धेरै सोच्ने फुर्सद कहाँ पाउनु र ?

अमर ! हो, तिमी यसलाई जे नाम दिन पनि सक्छौ । यसलाई मनोवाद, कथा वा पत्र जे भन्न पनि सक्छौ । अहिले मैले आफ्नो भावनालाई भाषामा परिणत नगरी नहुँने अवस्था सिर्जेको हुनाले पनि तिमीलाई सम्बोधन गरेर मैले यो मेरो आत्मकथा सार्वजनिक गर्न गइरहेको छु । रङ्ग र कुचीसँग खेल्ने मान्छेलाई शब्द र शैलीसँग खेल्न निकै गारो पर्दो रहेछ । त्यसैले मैले मुश्किलले यो मेरो सत्यकथालाई शब्द र शैलीमा सजाएर सार्वजनिक गर्दैछु ।
– अँ, साँच्चि अहिलेजस्तै त्यो समय पनि मेरा श्रीमानले जाउलो पकाएर मेरो अगाडि राखिदिएका थिए । तिम्रो फोन मोबाइलमा आयो । मेरा श्रीमान्ले मोबाइल अन गरेर मलाई बोल्नलाई हातमा दिए । म हिँड्ने हतारोमा थिएँ । पाँचदिनको तराई बसाईको लागि सब सामान ठीक पार्नु थियो । केही सामान त श्रीमान्ले नै मिलाइदिएका थिए । तिमीसँग जाने विषयमा केही बोलेर मैले मोबाइल अफ गरिदिए । मेरा श्रीमान्ले फेरि मोबाइल चार्जमा राखिदिए । बिहान चाँडै कतै हिँडनु पर्यो भने जाउलो खाएर हिँड्ने मेरो बानी थियो । मैले जाउलो पकाउन भ्याएको थिइनँ । श्रीमान्ले नै पकाइदिए र ल्याएर छेउमा राखिदिएका थिए । त्यसबेला पनि मलाई श्रीमान्को निक्कै माया लागेर आएको थियो ‘कति माया गर्छ ऊ मलाई तर म ? म आफैमाथि प्रश्न गर्छु । किनकिन यो माया देखेर पनि कहिलेकाहीँ दिक्क लागेर आउँछ । फेरि सोच्छु नेपालमा यस्तै श्रीमानको माया नपाएर कति महिलाहरु तड्पीतड्पी बाँच्न बाध्य छन् भने म भने यस्तो कर्तव्यपरायण पति पाउँदा पनि यसरी वितृष्णा जगाइरहेको हुन्छु । मेरो यो मनको तुषारो त्यो समय फाट्न सकेको थिएन । किन सकेन मलाई अचम्म लाग्छ ।’
– अँ, साँच्चि मलाई जान हतार छ । भनौ तिमीलाई भेट्न हतार छ । तिमीलाई प्रायः हरियो रङ्ग मनपथ्र्यो । मैले हरियो रङ्गको बाक्लो कुर्ता सुरवाल लगाएँ । हरियो रङ्गलाई सिर्जनाको प्रतीक मान्थ्यो तिमी, मेरो सिर्जनाजस्तै । मैले पुलुक्क श्रीमान्को अनुहार हेरेँ । उनी मलाई जाउलो खान कर गरिरहेका थिए ‘पेटको विमारी भोको बस्न हुन्न, बाटोमा सारोगारो के होला ।’ श्रीमान्को यो गनगन थियो । मलाई झर्को लागेर आयो । मैले झर्कदै जाउलो खाइदिएँ । हिँड्ने बेलामा श्रीमान्को मुख हेरेँ । उनी मलाई अँगालोमा बाँधेर म्वाई खाने धुनमा थिए । मैले वेवास्ता गर्दै व्याग टिपेर हिँडेँ । बाहिर निस्केपछि मोबाइलको सम्झना भयो । फेरि फर्केर ‘साइत बिग्रियो’ भन्दै श्रीमान्लाई चार्जमा राखिदिएकोमा रिस पोखे । श्रीमान्ले पनि ‘हिँड्ने बेलामा किन रिसाउँदै हिँड्छे राम्रो हुन्न’ भन्दै थिए । मैले सुन्दै नसुनी आफ्नो हिँडाइलाई अघि बढाएँ ।
‘म ट्याक्सीसम्म पुयाइदिन्छु ।’ श्रीमान् भन्दै थिए ।
मैले ‘घरमा केटाकेटी सुतिरहेका छन्, कोठामा कोही हुन्न ।’ यति भनेर हतारिँदै पछाडि पनि फर्कदै नफर्की सरासर बाटो लागेँ ।
मस्तिष्कमा तिमी बाहेक अरू केही थिएन ।
– सुषुप्तअवस्थामा रहेको मेरा चित्रकारिता मौलाउँदै थियो । एनजीओको जागिरे म अनि तिमी समाजसेवी । अफिसले तराईमा शीतलहरको लागि कपडा र कम्बल बाँड्ने योजना अन्र्तगत हामी तराई जाँदै थियौँ । तर यो त हात्तीका देखाउने दाँत जस्तै थिए हाम्रो लागि । वास्तवमा हामी दुवै गहिरो प्रेमको तलाउमा चुर्लुम्म डुबेका थियौँ । तिमी सामाजिक सेवामा लागेका मानिस म एनजीओको जागिरे । कतिपय अवस्थामा एनजीओले तिमीहरुजस्तो समाजसेवीको सहयोग लिनुपर्ने अवस्था हुन्थ्यो । यस्तो भेटघाटको प्रक्रियामा हाम्रो परिचय भएको थियो । तिमी काठमाडौँको धनाढ्य । तिमीले दुईचार लाख समाजसेवामा लगाउँदा पनि कुनै फरक नपर्ने अवस्था थियो । तिमी मनका पनि धेरै धनी थियौ । हो वास्तवमा त्यो बेला तिमीमा मैले गुणैगुण मात्र देख्दथे । यति धनी भइकन पनि तिमीमा घमन्डको कतै कुनै गन्धसम्म पनि आभास हुँदैनथ्यो । तिम्रो व्यक्तित्वपनि त्यस्तै निखारिएको थियो । तिम्रा दुइचारवटा फ्याक्ट्री र आफ्नै फाइनान्स कम्पनी पनि थियो ।
– अँ, साँच्चि हामीले तराईमा चलेको शीतलहरका लागि कपडा र कम्बल भेला पार्ने योजना बनाएका थियौँ । यसमा तिमीलाई सहभागी नबनाउने कुरै हुँदैनथ्यो । यस अघि नै हाम्रा भावनाहरु फेसबुक र मोबाइल हुँदै मनभित्र पसिसकेका थिए । बिस्तारै हामी दुई बीचमा प्रेमको बीउ उम्रन थालेको थियो । फेसवुकमा मेरो चित्रकारितालाई धेरै मन पराउनेमा तिमी पनि थियौ । मेरो चित्रकारिता फेसवुकको नौलो संसारमा बिस्तारै तरङ्गित भएर प्रशंसा पाउँदै थियो । तिम्रो स्टाटस हेरेर म तिमीप्रति आकर्षित भएकी थिएँ । आफ्नो मौलाउँदै गरेको चित्रकारिता कसरी समाजमा सजाऊ भन्ने चिन्ताले मलाई खाइरहेको थियो । यसको लागि तिमी सहारा हुनसक्दथ्यौ । बिस्तारै तिम्रो मानसिक समर्थन पाउन फेसबुकमा तिमीप्रति म आर्कषित हुँदै थिएँ । तिमी पनि आकर्षणको नयाँनयाँ गोटी फ्याक्न कम थिएनौ । त्यसैपनि सामाजिक सेवामा लागेको मानिस, मेरो चित्र प्रदर्शनीमा केही सहयोग गर्नु होला भन्ने मेरो मनको कोलाजलाई तिम्रो च्याटमा यसरी पेस्ट गरेको थिएँ – ‘म चित्र प्रदर्शनीको धुनमा छु केही सहयोग गर्नुहुन्छ ?’
तिमीले पनि सजिलै भन्यौ – ‘यहाँलाई केही सहयोग गर्न सके मेरो अहोभाग्य हुनेछ । धेरै त होइन थोरै यो हृदयको कुनाबाट सहयोग गर्न सक्छु ।’
अहो ! कति मीठा थिए ती शब्दहरु आफैमा तरङ्गित प्रेमको मधुर ध्वनीजस्तो । तिम्रा शब्दहरुमा म त्यसैत्यसै लट्ठ परेकी थिएँ । मलाई लाग्यो मैले ठूलो बैशाखी पाएको छु । अब लङ्गडो बनेको मेरो चित्रकारिता तिम्रो बैशाखी पाएर दौडनेछ । ठूलो विश्वास पलायो तिमीमाथि मेरो ।
– अँ, साँच्चै मेरो चित्रप्रदर्शनीमा तिमीले ठूलो भौतिक र मानसिक सहयोग गयौ । मेरो प्रर्दशनी चर्चित बन्यो । मिडियाहरुले राम्रो कभर गरिदिए । यसमा तिम्रो ठूलो हात थियो । तिम्रो व्यक्तित्वको अगाडि मेरो श्रीमान्को व्यक्तित्व निकै मायालाग्दो देखिन्थ्यो । उनी अपरिचित मानिसहरुसँग खासै बोल्न सक्दैनथे । फेरि उनलाई यो क्षेत्रमा त्यति धेरै ज्ञान पनि थिएन । यसरी हामी बीचको सम्बन्धको दुरी छोटिदै थियो । यसरी फेसवुक, च्याट मोबाइल हुँदै हाम्रो दुरी शून्यमा आएर सिमीत भयो । हामी बीचको गहिरो सम्बन्ध दिनप्रतिदिन उच्च तापमानमा बढ्दै गयो ।
अमर ! ‘जीवन कति आनन्दमय रहेछ ।’ म तिम्रो प्रेमको समुद्रमा डुबुल्की लगाउँदै भन्थे । तिमी पनि आफूले अहिलेसम्म यस्तो साथी नभेट्टाएको भन्दै ममाथि प्रशंसाका नयानयाँ फर्मूला प्रयोग गर्दथ्यौ । म मख्ख पर्ने गर्दथे तिम्रा यी कुराहरुमा । एकातिर तिमीजस्तो समाजमा स्थापित र प्रतिष्ठित व्यक्तिलाई साथी बनाउन पाउनु अर्कोतिर मेरो चित्रकारिता पनि मौलाउँदै जानुले म निकै उमङ्गित बनेकी थिएँ । लाग्थ्यो मेरो जीवनमा उमङ्गको नयाँ भेल आएको छ । त्यो भेल कसरी थाम्नु ? आफैलाई मुश्किल लाग्दथ्यो । तिम्रो यो प्रेमको छहारीले मलाई कति शीतलता दिएको छ भन्ने कुरा म तिमीसँग भेटमा भनिरहन्थे । तिम्रो यो प्रेम नपाएको भए मेरो जीवन के हुन्थ्यो होला ? आफै कल्पना गर्न सक्दिनथे । ढुसी लागेको सुन्तलाझै कुहिएर आफै झथ्र्यो होला मेरो यो जीवन । म तिम्रो प्रेममा डुब्दा असीम आनन्दको महसुस गर्दथे । यसरी हामीबीचको एकआपसी समझदारीले पनि हाम्रो सम्बन्धले दिन प्रतिदिन फल्ने र फुल्ने अवसर पाएको थियो ।
– अहिलेको तराईको भ्रमणमा तीनदिन मेरो काज थियो भने दुई दिन तिमीसँग बिरगन्जमा बिताउने सल्लाह भएको थियो । तिमीले आफै आइट्वान्टी चलाएर लगेका थियौ । अरू साथीहरु सामान राखिएको गाडीमा बसेका थिए । म र केही अन्य साथी तिम्रो गाडीमा चढेका थियौँ । तीन दिनसम्म तराईको केही जिल्लामा कपडा र कम्बलहरु बाँड्न हामी व्यस्त भयौँ । निकै झन्झटिलो काम थियो यो । तराईवासीको भाषा नबुझिने भएर पनि हामीलाई धेरै कठिनाइ परेको थियो ।
स्थानीय संघसस्थाले हामीलाई सहयोग गरे पनि उदारकर्ताले गरेको यत्रो सहयोगलाई पनि उनीहरु खासै अनुग्रहीत हुन नसकेको व्यवहार गर्दथे । यसले हाम्रो मानसिकतामा हल्का नकरात्मक असर परेको थियो । तर जान्ने बुझ्नेहरुले यस कार्यको सह्राना र प्रशंसा गरेर हामीलाई धन्यवाद दिएका थिए । वास्तवमा सबैक्षेत्रमा अध्यारो र उज्यालो दुईवटा पाटो हुँदोरहेछ । हामीले पनि यहाँ भेट्टाएका थियौ ।
चौथौ दिनको काम सकेर दिउँसो साथीहरु काठमाडौँ फर्के । हामी दुइजना चाहिँ बिरगन्जको रक्सौलमा सामान किनेर फर्कने भनेर बहाना बनायौ । केही साथीलाई हाम्रो सम्बन्धको बारेमा थाहा थियो । अहिलेको समयमा धेरैजसोले यस्ता कुरालाई सामान्यरुपमा लिन थालेका छन् । अहिलेको खुला स्वतन्त्रता भएको समयमा यस्ता कुरालाई खोतलिरहने कसलाई फुर्सद होस् र ! हामीले विरगन्जको एउटा लजमा कोठा बुक गराएका थियौ । त्यही बसेर भोलिपल्ट सपिङ्ग गरेर घर फर्कने योजना ग¥यौ । यो योजना तिमीले नै बनाएका थियौ । मलाई यसरी रक्सौलमा सबै साथीभाइले थाहा पाउने गरी आउने विचार थिएन । तर तिमीले पटक्कै मानेनौ । तीनदिनसम्म तिमीले मसँग कुनै प्रेमलीला मनाउन नपाएकोले मेरो सान्निध्यताको लागि निकै व्यग्र देखिन्थ्यौ । त्यो व्यग्रता एकान्त कोठामा यसरी पोखियो, तिमी भन्दै थियौ – ‘लुकेर गरेको यस्तो माया कति प्रिय हुन्छ हगि डालिङ्ग हेर न घरमा श्रीमती भएपनि तिम्रो यो चुम्बन कति मीठो छ ।’
मैले तिम्रो भनाइमा पौष्टिकता थपेर रसिलो बनाएर तिमीलाई यसरी पिलाइदिए– ‘हो नि घरको खानभन्दा बाहिरको चट्ट पकाएर दिएको कति मीठो हुन्छ । घरमा त पकाउँदा पकाउँदै अमन भइसकेको हुन्छ ।’
मेरो भनाइले तिमीलाई निकै उर्जा दिएछ क्यार मलाई अझ जोडले च्याप्तै म्वाइ खाइदियौ । म पनि लुटपुटिएर तिम्रो चौरासी व्यन्जनको भोजनमा मिठास थप्न उदिग्न बनेँ । तिमीले ममाथि खर्च गरेको पैसा र समयको एकएक पाइ उकास्न मबाट आत्मसन्तुष्टि लिइरह्यौ । हुन पनि हो यति धेरै पैसा र लगानी गरेपछि जो कोही पनि लगानी उठाउन तत्पर रहन्छ भन्ने तिम्रो वकालती तर्कलाई मैले पूर्णरुपले समर्थन गरेकी थिएँ । तिम्रा कुनै पनि कुरालाई म नकार्न सक्दिनथेँ ।
वास्तवमा यो एकपक्षिय लेनदेन थिएन, दुई पक्षिय थियो । तिमीमा भएको चीज तिमीले मलाई दिएका थियौ ममा भएको चीज मैले तिमीलाई दिएकी थिएँ । यसमा कसैलाई हानी भयो कसैलाई नाफा भयो भन्ने थिएन । लजमा पुगेको दिन र रात तिमी मेरो यौनको मधुर रस पिउन निमग्न रह्यौ । हामी यौनको नौलोनौलो चरणपार गर्दै आकासिइरहेका थियौ, बेखवर यो दुनियाँबाट धेरै टाढा हराइरहेका थियौँ । निकै लामो दैहिक र अलौकिक आनन्दपछि हामी यथार्थ जीवनको धरातलमा ओर्लन आइपुग्यौँ । प्रेमको रुग्ण प्राणीझै तिम्रो प्रेमको शितल जलले मेरो जीवनले संजीवनी पाएसरह महसुस भयो ।
अमर ! तर आज ती सब बिलाएका छन् । मात्र म खालीखाली शुन्य छु । मभित्र महाशुन्य मात्र छ । अरु सब अतीतका गर्तमा बिलाइसकेका छन् । अहिले छ भने मात्र सहरभरि तिमीसँग मैले नाजायज सम्बन्ध गाँसेर तिमीबाट फाइदा लिएको प्रदुषित हावाका झोकाहरु छन् । जुन झोकाहरु काँडा बनेर मेरो शरीरमा बिझाउने गर्छन् । हेर, अमर ! नारीहरु कति विवश र निरीह रहेछन् । हुन पनि हो प्राचीनकालदेखि नै शक्ति हुनेले निर्धो र निरीहलाई थिचोमिचो गर्दै आएको छ । यसमा हामी नारीहरु पुरुष र समाजबाट थिचिएको कुरा अपवाद हुनसक्दैन । वास्तवमा तिम्रो र मेरो सम्बन्ध लोक सुहाउँदो थिएन । यसलाई मानिसहरुले मान्यता दिने कुरा हुँदैनथ्यौ किनकि हामी दुवैको आआफ्नो संसार थियो । तर जब मान्यताको कुरा आउँछ समाज दिविधामा पर्न जान्छ । यसलाई अनैतिक र चरित्रहिनताको उपाधि दिन पुग्छ । यसमा पनि तिमी पुरुषलाई समाजले यथेष्ट बचावट गरिदिन्छ अनि सबै आरोप र लाञ्छानाहरु कन्टेनर बनेको हाम्रो भाग्यमा थोपरिदिन्छन् । यो अचम्मको कुरा पनि होइन । एउटा महिला कसैसँग प्रेम सम्बन्ध राखेर गर्भधारण गर्छे तर समाजले पुरुषलाई केही भन्दैन ऊ चोखो रहन्छ तर महिलालाई नै व्यभिचार र पातकी भन्ने विभुषणले विभुषित गरिदिन्छ ।
– अँ साँच्चि, अहिले सहरभरि यही हल्ला छ । तर तिमीले यसको प्रतिकारको लागि केही भनेका छैनौ । त्यसैले मेरो मन बोझिलो भएको थियो । धेरै दिनसम्म हुस्सु लागेको आकाशजस्तो भइरह्यो । मैले मेलमा यसबारे तिमीलाई प्रश्न र जिज्ञासा राखेको थिएँ तर धेरै दिनसम्म तिमीले कुनै प्रतिउत्तर दिएनौ । त्यसैले धेरै दिनसम्म मेरो मन हुस्सुलागेको आकाशजस्तो भइरह्यो । मैले तिम्रो मेलको धेरै प्रतीक्षा गरे भने मोबाइल त तिमी उठाउँदै उठाएनौ ।
– अँ साँच्चि, हामी बिरगन्जको रक्सौलबाट सामान किनेर फर्कदै थियौ । गाडी तिमीले नै ड्राइभ गरेका थियौ । जे हुनु थियो यही समयमा भयो । समयले ठूलो बिडम्बना बोकायो मेरो भाग्यमाथि । आउँदाआउँदै मुग्लिङमा हाम्रो कार एक्सिडेन्ट भयो । मैले केही थाहा पाउन सकिनँ । पछि हस्पिटलमा होश आउँदा मलाई टाउकोमा ठूलो चोट लागेको थियो । एउटा खुट्टा दुई ठाउँमा फ्याक्चर भएको थियो । अर्को खुट्टा र हातचाहिँ राम्रै थियो । यो घटनापछि हाम्रो सम्बन्धको विषयमा दुषित हावा सहरभरि अश्रुग्यासझै फैलियो । तिमीले त आफ्नो बचावको लागि आफूलाई मानसिक र शारिरीकरुपले नै तयार राखेका रहेछौ । एक्सिडेन्ट भएको देख्ने मान्छे भन्थे ‘डाइभरले आफूलाई जोगाएछ ।’ हो, तिमीले आफूलाई जोगायौ । त्यसैले तिमीलाई केही भएन । तिमीले आफ्नो शरीर मात्र जोगाएनौ आफ्नो चरित्रलाई व्यक्तित्वलाई पनि जोगाउन हस्पिटलमा ‘मलाई को ?’ भनेर मानिसहरुले सोध्दा ‘बाटोमा लिपट दिएकी मान्छे हो’ भनेर भनेछौ । तिमीले किन यसौ ग¥यौ ? ‘तिमीले मेरी प्रेमिका भनेर भन्न पनि त सक्थ्यौ नि !’ तिमी यति लाचार र पानीमरुवा हौला भन्ने मैले कहिले सोचेकी थिइनँ । म स्त्रीजाती भएर अर्काकी श्रीमती भएर पनि आज म तिमीलाई मैले प्रेम गर्थे भनेर यी सब कुरा सार्वजनिक गर्ने साहस गर्दैछु भने तिमीले मलाई त्यो मरणशील अवस्थामा किन यस्तो निर्दयी व्यवहार ग¥यौ । तिमीले मलाई मेरी प्रमिका वा अरू कोही आफन्त भन्न पनि सक्थ्यौ । किन सकेनौ ? तिमीलाई त केही भएको रहेनछ । मलाई हेर्न एकपल्ट पनि किन अस्पताल आएनौ ? तिमीलाई तिम्रो आफ्नो स्टाटसको यत्रो चिन्ता रहेछ ! तिमीले मलाई तिम्री पे्रमिका नै भनेको भए पनि मलाई विवाह गर भनेर म भन्ने थिइनँ । तिमीसँग म अंश माग्न पनि आउने थिइनँ । किन की हामीले जे ग¥यौ त्यो सब सहमती र आत्मसन्तुष्टिका लागि गरेका थियौ तर तिमीले आफ्नो घृणित हृदयको परिचय यसरी दिन्छौ भन्ने मैले सोचेकी सम्म थिइनँ । तिम्रो त्यो नालायकी पुरुषार्थप्रति मेरो धिक्कार छ । आज तिमीले मेलमा आफ्नो मनको कालो सबै पोखेका रहेछौ । त्यसैले पनि मेरो मन आज घाम लागेको दिन भएर उज्यालिएको छ ।
अमर ! आज म धेरै खुसी छु । मेरो श्रीमान् मेरो स्वास्थ्यको लागि हरदम लागिपरेका छन् । सहरभरि आफ्नो श्रीमतीको बारेमा चारित्रिक हत्या हुने हल्ला फैलदा पनि उनी पटक्कै निरश र विचलित बनेका छैनन् । अझ मेरो स्वास्थ्य प्रति उनी निकै चिन्तित छन् र मेरो सेवासुसारमा उत्तिकै लागिपरेका छन् । वास्तवमा प्रेम को परिभाषा के हो ? मैले यसलाई कसरी बुझ्ने म दिविधामा परेको छु । पवित्र प्रेम त्यो रहेछ जुन आफ्नो खुसी सँगै खुसी हुन्छ र दुःखसँग दुखी हुन्छ । अहिले मैले त्यो पवित्र प्रेम मेरो श्रीमान्को आँखा पढिरहेको छु किनकी म तिमीसँग रासलीलामा बिताएको समय खुसी हुँदा उनी पनि खुसी देखिन्थे र अहिले म तिम्रो धृणित व्यवहारबाट दुखी बन्दा उनी पनि दुखी बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के