
काठमाडौ, १२ चैत । बुझाएको दुई महिनापछि बल्ल बल्ल विवादीत राज्यपुर्नसंरचना आयोगको प्रतिवेदन संविधानसभामा पेश भएको छ ।
संविधानसभाको आजको पूर्ण बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सो प्रतिवेदन प्रस्तुत गरेका हुन । सो प्रतिवेदनमाथि भोलीबाट संविधानसभामा छलफल प्रारम्भ हुने छ । प्रतिवेदनमा तीन दिनसम्म छलफल भएपछि छलफलबाट आएका सुझाव सहित प्रतिवेदनलाई संबैधानिक समितिमा पठाईने छ । समितिमा दलहरुवीच् छलफल भए पनि त्यसलाई संविधानमा समेटिनेछ । आयोगले बहुमत र अल्पमतको आधारमा ६ र ११ प्रदेशको सुझाव दिएको छ । बहुमतले ११ प्रदेशको प्रस्ताव गरेको छ । जसमा जातीयताको आधार अपनाईएको भन्दै अल्पमतले ६ प्रदेशको प्रस्ताव गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस